Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

विशेष महाधिवेशनको पक्षमा शेखर कोइराला पनि खुले

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन अगाडि नियमित महाधिवेशनको तालिका ल्याउन दबाब दिँदै आएका कांग्रेस नेता शेखर कोइराला अन्ततः विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । मंगलबार महामन्त्री गगन थापासँगको लामो छलफलपछि कोइराला पनि विशेष महाधिवेशनकै पक्षमा खुलेका हुन् । 

कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको उक्त छलफलमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान थालेका गुरु घिमिरे, देवराज चालिसेसहितका नेताहरू पनि उपस्थित थिए । ‘कोइराला र महामन्त्री थापाबीच महाधिवेशनको एउटै एजेन्डा लिएर अघि बढ्ने समझदारी भएको छ । दुई नेताबीच अब किन्तु, परन्तु कुनै पनि रूपमा फरक धारणा छैन,’ बैठकमा सहभागी नेता चालिसेले बताए ।

छलफलका क्रममा कोइरालाले मुख्य गरी दुई सरोकार राखेका थिए । जसमा संस्थापन पक्ष पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिकाको प्रस्ताव गर्न तयार भए त्यसैमा जानुपर्ने, अन्यथा नियमित महाधिवेशन नगर्ने तर तालिका मात्रै ल्याउन खोज्ने अवस्था भएमा विशेष महाधिवेशन निर्विकल्प हुने उनको भनाइ थियो ।

विशेष महाधिवेशन बोलाउँदा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर प्रमाणीकरण गर्ने काम नगरी केन्द्रीय कार्यसमिति आफैंले बोलाउने गरी निर्णय लिन जोड दिनुपर्ने पनि उनले बताएका थिए ।

‘नियमित नगर्ने हो भने विशेषबाटै भए पनि निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्छ भन्नेमा मात्रै होइन, संस्थापन पक्षले त्यसका लागि अवरोध गरेमा कसरी अघि बढ्ने भन्नेबारेमा समेत दुवै नेताबीच समझदारी भएको छ,’ चालिसेले भने, ‘अब नियमित महाधिवेशन हुने सम्भावना कम छ, विशेषमा जानुपर्छ भन्नेमा शेखर दाइ प्रस्ट देखिनु हुन्छ ।’

महामन्त्री थापाले भने संस्थापन पक्षका पूर्वपदाधिकारीसहितका केही नेताहरू नियमित र विशेष महाधिवेशन दुवै रोक्ने प्रयत्नमा लागेको बताउँदै त्यसको सामना गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि आवश्यक गृहकार्यसमेत गरिरहेका छन् ।

१४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित २८ असोजमा नै विशेष महाधिवेशनको माग राखेर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिइसकिएको छ । विधानले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग भएमा त्यसको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ । हस्ताक्षरसहित विशेष महाधिवेशन माग भएको मितिले २८ पुसमा ९० दिन पुग्नेछ ।

यता संस्थापन पक्षका पूर्वपदाधिकारीहरू केन्द्रीय कार्यसमितिको बहुमतबाट निर्वाचन अगाडि नियमित र विशेष दुवै महाधिवेशन अस्वीकार गरेर अघि बढ्नुपर्ने रणनीतिमा लागिरहेका छन् । आवश्यक रणनीति बोलाउनका लागि उनीहरूले बुधबार पुनः संस्थापन पक्षको भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवाले भने मंगलबार पनि समाधानका लागि मध्यमार्गी बाटो खोज्न नेताहरूसँग संवाद गरिरहेका छन् । उनले दोस्रो र तेस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै बोलाएर धारणा बुझिरहेका छन् ।

संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले कुनै मध्यमार्गी बाटो खोजेर महाधिवेशनसम्बन्धी विवाद हल गर्ने प्रयत्न भइरहेको बताए । ‘पार्टीको बृहत्तर हितका लागि हामीले कुनै न कुनै बाटोबाट समाधानको उपाय खोज्नुपर्छ, अहिलेको चुनौतीपूर्ण घडीमा कांग्रेसलाई एकढिक्का बनाएर जानुपर्छ,’ उनले भने । कार्कीले केन्द्रीय कार्यसमितिको बैठकमा नेतृत्व चयनलाई नियमित महाधिवेशनको जिम्मा लगाएर नीति केन्द्रित विशेष महाधिवेशन बोलाउन सकिने विकल्पसमेत अघि सारेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending