काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक संरक्षण सम्बन्धी महाभियानमा संयोजक दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गरेको कामलाई लिएर सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले सरकारसँग तत्काल प्रसाईंलाई छाड्न आग्रह गरेका छन्।
‘अपराध गरे पो थुन्ने हो । भएको भिडियो बाहिर ल्याउनु अपराध हो ?’, ओलीले प्रश्न गरे । उनले स्वेच्छाचारी ढङ्गले प्रसाईँलाई पक्राउ गरिएको बताए ।
‘राति राति तमासा गरिरहेको छ यो सरकारले । यहाँ बोल्न पनि नपाइने भयो । निर्वाचन भन्छ सरकार । बारामा हाम्रो युवा भेला थियो । भेलामा जेनजी भन्दै केही विद्वानहरूले ढुंगामुढा गरे बिथोले’, ओलीले भने, ‘सिमरा एयरपोर्ट बन्द भयो । नेताहरूलाई जान रोकियो ।’ उनले सभा गर्नै नदिनेले चुनाव कसरी गर्छ भन्दै प्रश्न गरे । अध्यक्ष ओलीले जेनजीका नाममा हुने आतङ्क रोक्न सरकारलाई आग्रह समेत गरे ।
‘कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्री जी ?’, ओलीको प्रश्न छ । उनले नेकपा एमाले देश छाडेर नभाग्ने उल्लेख गर्दै प्रतिवाद गर्ने पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...
मंसिर २२ गते, २०८२ - १४:०२
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्तरखंडहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। ...
मंसिर २२ गते, २०८२ - १३:४४
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत बनाउन निर्वाचन अपरिहार्य रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज...




प्रतिकृया लेख्नुहोस्: