Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

‘प्रहरीमा नयाँ नेतृत्व आएसँगै एक्सनमा जाने अवस्था छ’

मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु, चुनाव लड्न आएको होइन

सुशीला कार्की

हामीले दललाई बोलाएका थियौँ। यहाँहरु आइदिनुभयो। पुनः धन्यवाद दिन चाहन्छु। यहाँहरुले नै पनि एकापसमा चिन्ने चिनिने मौका पाउनुभयो भन्ने पनि लागेको छ।

१२५ दलमध्ये ११० भन्दा बढी दलको उपस्थिति यहाँ छ। अहिलेसम्म ५६ जनाले बोल्नुभयो। सबैको कुरा मैले भ्याएसम्म टिपेकी छु। यस्तो भेला पहिला नै पनि गरौँ भन्ने लागेको थियो। तर अन्य कार्यव्यस्तता र वातावरण मिलाउँदा आजको दिन जुर्‍यो।

सुरुमा त दलहरुलाई भेट्ने अवस्था नै थिएन। जेनजीहरु एकदमै उग्र र आक्रोशित थिए। आक्रोश हुनु स्वाभाविक पनि थियो। आन्दोलनकारी, घाइते र सहिद परिवारका कुरा सुन्यौँ। उहाँहरुको आक्रोश सुन्ने र मत्थर पार्ने नै हाम्रो पहिलो प्राथमिकता रह्यो। त्यो आक्रोश सुन्नका निम्ति हामीले पर्याप्त समय नदिएको भए फेरि सडकमा पोखिन सक्थ्यो। सडकमा जानबाट रोक्यौँ।

हामी राजनीतिक अनुभव भएका कोही थिनौँ। कोही न्यायाधीश कोही वकिल । आआफ्नो पेसागत क्षेत्रको मात्र अनुभव हामीसँग थियो। हठात् रुपमा यहाँ आयौँ ।

हाम्रा बालबालिका यसरी मारिए, जुन अहिले सम्झिँदा पनि मन थाम्न गाह्रो हुन्छ। भर्खरको पढिरहेको बच्चाको टाउकोमा, छातीमा गोली लागेको छ। परिवारको सहारा गुमेको छ। घरको दियो निभेको छ। भर्खर २० वर्षकी दुलहीले श्रीमान् गुमाएकी छन्। दुई वर्षकी छोरीले बाबु खोजिरहेको छन्। यस्तो अवस्था आउला भन्ने कसले कहिले सोचेको थियो ररु कहिल्यै नहुने काम भयो। अब कहिल्यै नहोस् पनि। यस्तो हृदयविदारक घटना पुनः नघटोस्।

यति ठूलो घटना किन भयो तरु यहाँ उकुसमुकुस थियो। भ्रष्टाचार थियो। निराशा थियो। आक्रोश थियो। त्यो विष्फोट भयो। छताछुल्ल भयो।अब यसलाई सम्हाल्नुपर्छ। सम्हालिनुपर्छ।हामी पनि सम्हाल्न भनेरै आएका हौँ। राष्ट्र सम्झेर आएका हौँ। देशको अवस्था देखेर आएका हौँ। ती निर्दोष बच्चाको माया लागेर आएका हौँ।

हामी लागेर देश जोगाउन सक्छौँ कि भनेर यो अफ्ठ्यारो परिस्थितिमा आएका हौँ। हामी गाडी चढ्ने रहरले वा कुनै सुविधा पाउने लोभले आएका होइनौँ। खासमा भन्दा म प्रधानमन्त्री हुँ भन्ने अनुभूति पनि छैन। गौरव पनि छैन। देशको यो दुर्गति भएका बेला मुलुक, धर्म र इमान सम्झेर केही बचाउन सकिन्छ कि भनेर आएका हौँ। यो समाज बिथोलिएको अवस्थामा केही जोड्न सकिन्छ कि भनेर आएका हौँ।

हामीले सरकारमा कस्ता व्यक्ति ल्यायौँ त्यो पनि हेर्नुहोस्। जो जिन्दगीभर अपहेलित भए हिजो। कुलमान घिसिङ काम गर्दागर्दै अपहेलिन हुनुभयो। महावीर पुन पुस्तक बेच्दाबेच्दै आउनुभयो। मैले ८ र अरु मन्त्रीजीहरुले पनि तीन(चार मन्त्रालय बोकेर हिँडेका छौँ। राति १ बजेसम्म पनि काम गरेर पनि बसेका छौँ।
हामी निर्वाचन गराउनै आएका हौँ। हामी चाहन्छौँ नयाँ पुस्ताको हातमा जाओस् यो देश। केही भिजन भएको मान्छेले सम्हालिदेओस् यो देश।
हिजोका सबै भ्रष्टाचारी फटाहा भन्न खोजेको होइन। तर अब निष्पक्ष निर्वाचनमार्फत बिनापैसा, न्यूनतम खर्चमा, उम्मेदवार चयन हुन सकोस्। कम खर्चमा चुनाव लड्न सक्ने वातावरण बनोस् भनेर हामी लागेका छौँ।

मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु। म चुनाव लड्दिनँ। चुनाव लड्न आएको पनि होइन।
हामी गाडी चढ्न र रमाइलो गर्न पनि आएका होइनौँ। महात्मा गान्धीले सादा वेशमै सडकमा निस्केर बाटो देखाउनुभयो। नेल्सन मन्डेलाले पनि देश सम्झेर गरेको त्याग विश्वले देखेको छ। हामी त्यो तहमा नहौँला तर हामीमा देशप्रति एउटा भावनामा छ, माया छ, चिन्ता पनि छ। त्यसैले हामीलाई केही नगरी बस्न दिएको छैन।

निर्वाचनको ६० प्रतिशत तयारी पूरा भइसक्यो भनेर निर्वाचन आयोगले नै भनिसकेको छ। हामी यहाँ आएको ३ दिनपछि नै निर्वाचनको काम सुरु गरिसकेका हौँ। आयोगसँग सम्पूर्ण साधन छन्। हामीले कुनै कमी हुन दिएका छैनौँ। चुनाव हुन्छ भन्नेमा हामी ढुक्क छौँ। लुटिएका ८२१ हतियार फिर्ता भइसके। ७ हजार कैदीबन्दी नियन्त्रणमा आइसके।

प्रहरीमा नयाँ नेतृत्व आइसकेको छ र एक्सनमा जाने अवस्था छ। प्रहरीको मनोबल हामीले २ महिनामा खस्काएका होइनौँ। हिजो गैरघातक सामग्री र अरु बन्दोबस्तीका सामान हामीले नदिएका हैनौँ। गृह र अर्थ मन्त्रालयमा फाइल हामीले अड्काएका होइनौँ। बरु हामीले फटाफट काम अघि बढाएका छौँ।

नेता र तिनका आफन्त नातेदारहरुका घरमा घरमा भाँडा माझ्न पनि प्रहरी राखिएका थिए हिजो। तिनलाई फिर्ता गरेका छौँ। अब भन्नुहोस् मनोबल कसले घटायो र बढायोर ?

३५ वर्षमा घटाइएको मनोबल एकपछि अर्को गरी उठाउँदै छौँ हामी। सम्पूर्ण साधन पनि जुटाउँदै छौँ। प्रत्येक प्रहरी कर्मचारीको शिर उठाउने र तिनले गर्व गर्न सक्ने संगठन होस् भनेर हामी निर्णयहरु गर्दै छौँ।

हामीलाई प्रशंसा चाहिएको छैन। अहिले धन्यवाद पनि चाहिएको छैन। हाम्रा राम्रा कुरा लेखिदिएनन् भनेर पत्रिकाहरुसँग गुनासो पनि छैन। भर्खरै कान्तिपुरले वायु सेवा निगममा बिनाप्रतिस्पर्धा अध्यक्ष नियुक्त गर्‍यो भनेर झुट लेख्यो। हामीले त्यहाँ नियुक्ति नै गरेका छैनौँ। भइरहेकै सञ्चालक समितिबाट चलाउन खोज्यौँ। आलोचना नगरी पत्रिका बिक्दैन। त्यसमा मेरो भन्नु केही छैन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग हामी सम्पर्कमै छौँ। प्रत्येक दिन कति प्रगति भयो भनेर सोधिरहेको छु। सीआईबी र अन्य निकायले पनि अनुसन्धान तीव्र रुपमा अघि बढाएका छन्। तर यी गम्भीर अपराधको अनुसन्धानमा समय लाग्छ। नतिजामा पुग्नुअघि थुप्रै प्रक्रियागत चरण गुजार्नुपर्ने हुन्छ।

निर्वाचन आयोगमा पनि तीनजना आयुक्त हुनुहुन्छ। उहाँहरु पनि रातिदिन खटिरहनुभएको छ।
मैले सरकारी काम कारबाही प्रायः सिंहदरबारमै गर्छु। निर्णयहरु सिंहदरबारमै हुन्छ। विदेशीसँग भेटघाट पनि सिंहदरबारमै परराष्ट्र मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा मात्र गरेकी छु। बालुवाटार वा अन्यत्र गोप्य रुपमा विदेशीसँग भेटघाट भएको छैन। त्यो मेरो नेचर पनि होइन।

काम गर्दा नियम कानुन मिचिन्छ कि भनी पाइला-पाइलामा हामी सतर्क हुन्छौँ। नभएका आरोप लगाएर दोष दिँदा आनन्द त आउला तर यो समयमा त्यस्ता कार्यको असर के हुन्छ भनेर हेर्नुपर्ला। हामीलाई अहिले धन्यवाद दिनुपर्दैन। जुन दिन निर्वाचन होला, त्यसैको भोलिपल्ट धन्यवाद दिनुहोला।

(बुधवार राजनीतिक दलहरूसँग सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्री सुशीला कार्कीले समापनमा राखेको मन्तव्य) 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending