काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ। आयोगले बुधबारदेखि उत्पन्न परिस्थितिबारे ध्यानाकर्षण गर्दै सरकार र सम्बन्धित निकायलाई स्थिति सामान्य बनाउन सहयोग पुर्याउन आग्रह गरेको छ।
आयोगको विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरण सिर्जना गर्न, घटनाको छानबिन गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ। साथै, संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने कार्यमा सहयोग गर्न समेत सम्बन्धित सबैमा आग्रह गर्दछ।”
आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलका अनुसार आयोग उक्त घटनाको अनुगमन गरिरहेको छ। आयोगले प्राप्त विवरणअनुसार, बुधबार उत्पन्न विवादपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ बढ्दा एयरपोर्टको गेटमा क्षति भएको, उडान प्रभावित भएको, र एमालेका नेताहरू सिमरा जान नसकेको जनाएको छ। त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो।
विज्ञप्तिमा उल्लेख छ कि पाँच जना घाइते भएका छन् र उनीहरूको नगर अस्पतालमा उपचार गरिएको छ। घाइतेहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरीमा जाहेरी दिएका छन्।
आयोगले भनेको छ कि देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गते निर्वाचन हुने अवस्थामा यस्ता घटनाले निर्वाचनको सहज वातावरण बन्न नदिने मात्र नभई शान्ति सुरक्षामा समेत गम्भीर असर पार्ने भएको छ। “यस प्रकारको घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन गर्नुका साथै निर्वाचनका सरोकारवालाबीच आपसी सद्भावमा प्रतिकूल प्रभाव पार्न सक्छ,” आयोगले जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...
पौष ८ गते, २०८२ - १४:२३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...
पौष ८ गते, २०८२ - १३:४७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...
पौष ८ गते, २०८२ - १३:४२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...




प्रतिकृया लेख्नुहोस्: