Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

उत्तरी गोरखाको लाप्राकमा पुग्यो केन्द्रिय प्रशारणको लाइन

खबरडबली संवाददाता

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा चार वर्षपछि केन्द्रिय प्रशारणको लाइनको बिजुली बलेको छ । विद्युत्त प्राधिकरण गोरखाको लामो मिहिनेतपछि लाप्राकमा बिद्युत्त प्रबाह गरिएको नेपाल बिद्युत्त प्राधिकरण गोरखा शाखाका प्रमुख चीज बहादुर गुरुङले जानकारी दिए। 

बिहिबारबाट लाप्राक–४ वडा कार्यालयबाट मिटरबक्स जडान गरी बिजुली बाल्यौँ, कार्यालय प्रमुख गुरुङले भने, ‘नयाँ बस्तीका सबै घरधुरीहरुमा मिटर जडानको काम भइरहेकाले अबको केहि दिनमा सबै घर घरमा बिजुली बल्नेछ ।’

लाप्राकको ६० घर धुरीमा मिटर बक्स जडान गर्नका लागि दुई जना प्राविधिक खटाइएको छ, कार्यालय प्रमुख गुरुङले भने, ‘घर घरमा बिजुली बाल्नका लागि अहिलेसम्म ८० वटा निवेदन मात्र परेको छ भने अन्य ५ सय बीस घरधुरीको निवेदन आउने क्रम जारी छ ।’

लाप्राकमा भूकम्पपछि बनेका नमुना बस्ती र लाप्राकको पुरानो गाउँका सबै घरमा मिटरबक्स जडान गरी बत्ती बाल्ने काम निरन्तर भइरहने भएकाले लाप्राकबासीको बत्ती बाल्ने सपना पुरा हुने भएको कार्यालय प्रमुख गुरुङले बताए । 

लाप्राकमा ४ वर्षअघि ११ केभी क्षमताको लाइन विस्तार भएपनि आवश्यक मर्मत कार्य नहुँदा विद्युत्त सेवा सञ्चालनमा आउन सकेको थिएन । बिहिबारदेखि कार्यालयले आबश्याक मर्मतपछि वितरण लाइन निर्माण सम्पन्न भएसँगै स्थानिय बासिन्दाले लामो समयको पर्खाइपछि बत्ती बाल्न पाउने भएका छन् । 

सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित ठुलोस्वाँरा सवस्टेशनबाट विद्युत्त प्रवाह गरी लाप्राकमा ३ वटा ट्रान्सफर्मर राखि नमुना बस्तीको गुप्सीपाखामा १०० केभीको क्षमता भएको एउटा र पुरानो बस्तीमा ५०(५० केभीको क्षमताका २ वटा ट्रान्सफर्मर राखिएको विद्युत्त वितरण केन्द्र गोरखाले जनाएको छ । 

लाप्राकमा यसअघि लघु जलबिद्युत्त बाट प्रयाप्त शक्ति नपुग्दा भोलटेज कमी भई बत्ती मधुरो बल्ने, वाइफाइ नचल्ने र उज्यालोको लागि टुकी र लालटेन बालेर बस्नुपर्ने अवस्था हटेर जाने विश्वास गरिएको स्थानीयले बताएका छन् ।  

लाप्राकका वडा अध्यक्ष किसान गुरुङका अनुसार केन्द्रिय प्रशारण लाईन लगाएपछि लाप्राकमा चार वर्षको प्रतिक्षापछि उज्यालोले लाप्राकका घर र गल्लीहरु झिलीमिली बन्ने भएको छन् भने लाप्राकबासीको बर्षैपछि सपना पुरा भएको छ । 

विद्युत्त प्रवाहको लागि गण्डकी प्रदेशिक कार्यालय प्रमुख बिक्रम कुमार अमात्य र वडा अध्यक्ष किसान गुरुङले सयुक्त रुमपा वडा कार्यालयमा बत्ती बाल्दै केन्द्रिय प्रशारण लाइनको औपचारिक उद्घाटन गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending