Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सीमित स्रोत साधनमा पनि विशेषज्ञ सेवा प्रवाह गर्दै पशुपति चौलागाईं स्मृति अस्पताल

खबरडबली संवाददाता

दोलखा । बागमती प्रदेश सरकार मातहतको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा विशेषज्ञ र डायलाइसिस सेवा सुरू भएसँगै उपकरण र स्रोतसाधनको माग भएको छ ।

दीर्घरोगीका लागि गत ६ महिनादेखि नियमित डायलाइसिस सेवा सुरु गरेको सो अस्पतालमा हाडजोर्नी, स्त्री तथा प्रसूति, बालरोग, साधारण शल्यचिकित्सा र दाँतको उपचारजस्ता ६ विशेषज्ञ सेवा पनि सञ्चालन भएको छ । हाल अस्पतालमा सबै किसिमका बिरामीका लागि सुविधा मिल्ने अवस्था सृजना भएको छ ।

जिल्लावासी र जिल्लामा अस्थायी रूपमा बस्नेलाई उपचार पाउन विगतमा जस्तो जनकपुर, धुलिखेल वा काठमाडौँ धाउनुपर्ने अवस्था क्रमशः अन्त्य भएको छ । जिल्लाका स्थानीय तहमा विशेषज्ञ सेवा नभएकाले जिल्ला सदरमुकामको यो अस्पताल अब विशेषज्ञ सेवाका लागि भरपर्दो विकल्प भएको छ ।

चरीकोट अस्पतालको नामबाट पनि चिनिने यस अस्पतालमा अहिले दुई सत्रमा स्वास्थ्य सेवा दिन १७ चिकित्सक खटिएका छन् भने डायलाइसिसलगायत जटिल रोगको उपचारका लागि पाँच नयाँ उपकरण ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अच्युत पौडेलले बताए । ‘हाल अस्पताललाई भवनको अभाव छैन तर त्यहाँभित्र सोचेजसरी सेवा दिन लायक उपकरण र साधन उपलब्ध गराउन सकिएको छ’, डा पौडेलले भने ।

करिब १८ रोपनी क्षेत्रफलमा रहेको यस अस्पतालको आफ्नै चार भवनका ५८ कोठाबाट बिरामीलाई सेवा दिँदै आएको छ । सङ्घ र प्रदेशबाट गरी अस्पतालमा चालु आर्थिक वर्षका लागि रु चार करोड २० लाख बजेट विनियोजित छ । 

प्रदेश सरकारको गत आर्थिक वर्षमा प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य सेवाका सूचकहरू, कार्यक्षमता र प्रस्तुतीकरणका आधारमा ६२ दशमलव ६७ प्राप्ताङ्कसहित वागमतीका १३ प्रादेशिक अस्पतालमध्ये यो अस्पताल छैटौँ स्थानमा पर्न सफल भएको थियो ।

अस्पतालामा दरबन्दीमा ७० र करारमा गरी हाल १०० कर्मचारी कार्यरत छन् । यहाँ हाल जाडो समयमा दैनिक १०० र गर्मीको समयमा ५०० सम्म बिरामी सेवा लिन आउने गर्दछन् । सरकारी अस्पताल भएकाले तोकिएको सुलभ शुल्कका आधारामा न्यून आम्दानी हुने र स्वास्थ्य बिमावापतको रकम समयमा भुक्तानी नहुँदा चालु पुँजीमा समस्या रहेको डा पौडेलले बताए ।

गत सातादेखि मात्रै यस अस्पतालको जिम्मेवारीमा आएका  पौडेलका अनुसार स्वास्थ्य बिमावबापत अस्पतालले रु ४० लाख भुक्तानी पाउन बाँकी रहेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमाल स्रोत साधनको खोजीका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताउँछन् ।

उनले यही मङ्सिर ४ गते १२ श्ययाको आकस्मिक सेवा प्रबन्ध गर्न रूपा फाउण्डेशनमार्फत आत्मकृष्ण श्रेष्ठसँग रु १० लाख बराबरको सहकार्यको सम्झौता भएको जानकारी दिए । ‘भवन र स्रोतसाधन जुटाउँदै गएका छौँ तर विशेषज्ञ चिकित्सकलाई लामो समयसम्म टिकाउन मुस्किल पर्छ’, अध्यक्ष रिमालले भने ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जिल्ला अस्पताल हुँदै प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि स्वाभाविक रूपमा भौतिक पूर्वाधार र उपकरणको आवश्यकता बढ्ने भएको बताए । आफूहरूले विशेषज्ञ सेवा र डायलाइसिस सेवा थपेकाले चुनौती पनि थपिएका बताए ।

उनले दोलखाको अस्पतालको नयाँ भवनलाई ‘लिफ्ट’का लागि गत आर्थिक वर्षमा बजेट विनियोजन गरिएकामा ठेकेदारबाट समयमा काम नहुँदा बजेट फ्रिज भएपछि अहिले पुनःबजेट विनियोजनको प्रक्रिया सुरू भएको बताउँदै आवश्यक केही उपकरणको बोलपत्र हुने जानकारी दिए ।  उनले प्रदेशका सबै १३ अस्पतालले औषधि र उपकरण खरिद प्रक्रिया सुरु गरेका बताए ।

विसं २०३१ मा ‘दोलखा हेल्थ सेन्टर’का नामबाट सञ्चालन हुँदै २०६६ देखि २०७२ सालसम्म प्राथमिक स्वास्थ्य सेवा केन्द्रका रुपमा सञ्चालनमा रहेको थियो । यहाँ कोभिडको अवधिमा एमएसएफ बेल्जियम र प्राथमिक स्वास्थ्य सेवा केन्द्रको समजदारीमा शल्यक्रियासहितको आकस्मिक सेवा सञ्चालन भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र न्याय हेल्थ नेपालबिच २०७२ माघ ५ गते चरीकोट अस्पताल सञ्चालन सम्बन्धमा भएको सम्झौताअनुसार सो प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० श्ययामा स्तरोन्नति गरिएको थियो । 

न्याय हेल्थले २०७७ कात्तिक १५ गते सहयोग नगर्ने घोषण गरेपछि केही महिना भीमेश्वर नगरपालिकाले व्यवस्थापन सम्हालेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २०७७ मङ्सिर १८ गतेको निर्णयानुसार यस अस्पतालको व्यवस्थापन वागमती प्रदेश सरकारको मातहतमा आएको थियो ।

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले २०७८ फागुन ५ गते चरीकोट अस्पताललाई पशुपति चौलागाईं स्मृति अस्पतालमा  परिवर्तन गरेको हो । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वसांसद चौलागाईंको २०७८ वैशाख २८ गते कोभिडका कारण निधन भएको थियो । उनको स्मृतिलाई चिरस्थायी बनाउन उनको नामबाट अस्पतालको नामाकरण भएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: