काठमाडौं । प्रहरी हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका श्रेष्ठलाई केहीबेरमा सरकारी वकिलको कार्यालय हुँदै अदालत लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको थियो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
अदालतमा उपस्थित गराउनुअघि आवश्यक कागजात तयार गर्ने काम भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए। अदालतबाट अनुसन्धानका लागि आवश्यक म्याद लिएर थप प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ।
यसैबीच, प्रहरीले बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो। श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटीलगायत पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाले विरोध गरेका छन्।
पत्रकारसम्बद्ध संस्थाहरूले श्रेष्ठलाई विनाशर्त रिहा गर्न तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकार र सुरक्षा निकायसँग माग गरेका छन्।
नेपाल पत्रकार महासंघले श्रेष्ठको रिहाइको माग गर्दै बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि प्रदर्शन तथा धर्नासमेत गरेको छ। प्रदर्शनका क्रममा पत्रकारहरूले प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गर्दै श्रेष्ठको पक्राउप्रति विरोध जनाएका थिए।
श्रेष्ठमाथि लगाइएको आरोप र अनुसन्धानको प्रक्रियाबारे अदालतमा हुने सुनुवाइपछि थप प्रक्रिया अघि बढ्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १६:४३
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...
श्रावण २९ गते, २०८३ - १६:१०
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...
श्रावण २९ गते, २०८३ - १५:५७
काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...
श्रावण २९ गते, २०८३ - १५:१८
कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...
श्रावण २९ गते, २०८३ - १३:४९
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...
श्रावण २९ गते, २०८३ - १३:३२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...



प्रतिकृया लेख्नुहोस्: