Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’

खबरडबली संवाददाता

काठमाडौँ । नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट आज उक्त प्रेस गोरखापत्र संस्थानमा फिर्ता गरिएको हो ।

आज यहाँ सङ्ग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्रका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई उक्त प्रेस हस्तान्तरण गरे । करिब १२५ वर्षअघि गोरखापत्र छाप्न प्रयोग गरिएको संस्थानको कोठामा अब उक्त प्रेस राखिने तय भएको उनले बताए । २०३६ असोज १ गते संरक्षणका लागि प्रेसलाई सङ्ग्रहालयमा पठाउने निर्णय भएको छ । 

प्रेस हस्तान्तरण गर्नुअघि सङ्ग्रहालयका अधिकृत सुवास डङ्गोलसहितको टोलीले संस्थानको भ्रमण गरी आवश्यक सुझावसहित प्रतिवेदन दिएका थिए । विगतमा संरक्षणका लागि सङ्ग्रहालयमा पठाइएको उक्त प्रेस स्थान अभाव र जडानसम्बन्धी दक्ष जनशक्ति नहुँदा कतिपय पार्टपुर्जा खुला आकाशमुनि चउरमा रहेका थिए भने केही ‘स्टोर’मा थन्किएका थिए । केही पार्टपुर्जा भने गोरखापत्र संस्थान परिसरको जमिनमा पनि दबिएको हुनसक्ने अनुमान गरिएको छ ।

इन्जिनियरिङ क्याम्पस थापाथलीमा मेकानिकल विषयमा अध्ययनरत केही विद्यार्थीले स्वयंसेवी रूपमा प्रेसको आवश्यक मर्मतका लागि सहयोग गर्ने बताएका छन् । साथै राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि पनि छलफल भइरहेको गोरखापत्रका नायब कार्यकारी सम्पादक हुमागाईंले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्कंदा १९०८ सालमा उक्त प्रेस नेपाल ल्याएको इतिहास छ । बेलायतबाट ल्याएपछि सुरुमा प्रधानमन्त्री राणाकै थापाथली दरबारमा राखिए पनि पछि गोरखापत्रमा पठाइएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending