ढाका । बंगलादेशको राजधानी ढाका नजिकै शुक्रबार गएको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको एक दिनपछि शनिबार न्यून म्याग्निच्युडको भूकम्प गएको त्यहाँको राष्ट्रिय मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ ।
शुक्रबार गएको ५.५ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १० पुग्यो र सयौँ घाइते भए, प्रकोप व्यवस्थापन अधिकारी इस्तियाक अहमदले एएफपीलाई जानकारी दिए ।
भूकम्प ढाका र छिमेकी जिल्लाहरूमा महसुस गरिएको थियो, जसले भौतिक संरचनामा व्यापक विनाश निम्त्याएको छ । विभागका टोरिफुल नेवाज कबिरले ढाकाबाट २९ किलोमिटर टाढा रहेको नरसिङ्दी जिल्लाको पलास सहरमा शनिबार पनि केही साना परकम्प गएको जानकारी दिए ।
विभागले शुक्रबारको भूकम्पको केन्द्रविन्दु राजधानीको उत्तरमा रहेको अशुलियामा रहेको बताएको छ । ठूला भूकम्पपछि पराकम्प आउनु सामान्य कुरा हो, तर कमजोर भौतिक संरचना रहेका बंगलादेशका ग्रामीण तथा सहरी क्षेत्रमा समेत यसले अझ ठुलो विपत्तिको डर थपेको छ ।
'म अझै सुरक्षित महसुस गर्न सक्दिनँ, किनकि आज बिहान अशुलियामा अर्को झट्का महसुस भयो,' स्थानीय शहनाज परविनले भनिन् । शुक्रबारको भूकम्पको केन्द्रविन्दु नजिकै बस्ने ४४ वर्षीया उनले एएफपीसँग आफूले यस्तो भूकम्प कहिल्यै अनुभव नगरेको बताइन् ।
सरकारले क्षतिको परिमाण आकलन गर्न र राहत तथा उद्धारमा समन्वय गर्न बंगलादेशको आपतकालीन सेवा केन्द्रलाई सक्रिय पार्यो । मौसम विभागको भूकम्प अवलोकन तथा अनुसन्धान केन्द्रका रुबायत कबिरका अनुसार १७ करोड जनसङ्ख्या भएको बंगलादेशको भूगोल भूकम्पका लागि जोखिमयुक्त मानिन्छ ।
उनले भने, 'विगत १०० वर्ष वा त्योभन्दा बढीमा ठुलो भूकम्प गएको छैन, तर केही समयदेखि बंगलादेश भूकम्पका हिसाबले जोखिममा रहेको छ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: