ढाका । बंगलादेशको राजधानी ढाका नजिकै शुक्रबार गएको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको एक दिनपछि शनिबार न्यून म्याग्निच्युडको भूकम्प गएको त्यहाँको राष्ट्रिय मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ ।
शुक्रबार गएको ५.५ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १० पुग्यो र सयौँ घाइते भए, प्रकोप व्यवस्थापन अधिकारी इस्तियाक अहमदले एएफपीलाई जानकारी दिए ।
भूकम्प ढाका र छिमेकी जिल्लाहरूमा महसुस गरिएको थियो, जसले भौतिक संरचनामा व्यापक विनाश निम्त्याएको छ । विभागका टोरिफुल नेवाज कबिरले ढाकाबाट २९ किलोमिटर टाढा रहेको नरसिङ्दी जिल्लाको पलास सहरमा शनिबार पनि केही साना परकम्प गएको जानकारी दिए ।
विभागले शुक्रबारको भूकम्पको केन्द्रविन्दु राजधानीको उत्तरमा रहेको अशुलियामा रहेको बताएको छ । ठूला भूकम्पपछि पराकम्प आउनु सामान्य कुरा हो, तर कमजोर भौतिक संरचना रहेका बंगलादेशका ग्रामीण तथा सहरी क्षेत्रमा समेत यसले अझ ठुलो विपत्तिको डर थपेको छ ।
'म अझै सुरक्षित महसुस गर्न सक्दिनँ, किनकि आज बिहान अशुलियामा अर्को झट्का महसुस भयो,' स्थानीय शहनाज परविनले भनिन् । शुक्रबारको भूकम्पको केन्द्रविन्दु नजिकै बस्ने ४४ वर्षीया उनले एएफपीसँग आफूले यस्तो भूकम्प कहिल्यै अनुभव नगरेको बताइन् ।
सरकारले क्षतिको परिमाण आकलन गर्न र राहत तथा उद्धारमा समन्वय गर्न बंगलादेशको आपतकालीन सेवा केन्द्रलाई सक्रिय पार्यो । मौसम विभागको भूकम्प अवलोकन तथा अनुसन्धान केन्द्रका रुबायत कबिरका अनुसार १७ करोड जनसङ्ख्या भएको बंगलादेशको भूगोल भूकम्पका लागि जोखिमयुक्त मानिन्छ ।
उनले भने, 'विगत १०० वर्ष वा त्योभन्दा बढीमा ठुलो भूकम्प गएको छैन, तर केही समयदेखि बंगलादेश भूकम्पका हिसाबले जोखिममा रहेको छ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: