काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथिको सुनुवाइ निर्धारित गरिएको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
प्रहरीले गत मङ्सिर १ गते प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको थियो। आन्दोलन घोषणा गर्दै भड्काउपूर्ण अभिव्यक्ति दिएको र उक्त गतिविधिले हिंसा भड्किन सक्ने आकलनपछि उनलाई भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरिएको प्रहरीको दाबी छ।
प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन, यातायातसहित सबै क्षेत्र ठप्प पार्ने चेतावनी दिएका थिए। साथै उनले देशको प्रतिष्ठा सम्बन्धी विषयमा एनपीएल रोकिन सक्ने अभिव्यक्ति दिँदै क्यानका अधिकारीहरूलाई समेत सार्वजनिक रुपमा चेतावनी दिएको भिडियोसमेत बाहिरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - १७:२७
सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...
फाल्गुन ४ गते, २०८२ - १६:५८
जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो । मुख्...
फाल्गुन ४ गते, २०८२ - १६:४९
झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...
फाल्गुन ४ गते, २०८२ - १६:३७
सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...
फाल्गुन ४ गते, २०८२ - १६:२९
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...
फाल्गुन ४ गते, २०८२ - १६:०२
दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...
फाल्गुन ४ गते, २०८२ - १५:५१
रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...
फाल्गुन ४ गते, २०८२ - १५:३७
काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...
फाल्गुन ४ गते, २०८२ - १५:२७
काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...
फाल्गुन ४ गते, २०८२ - १५:२२
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...



प्रतिकृया लेख्नुहोस्: