काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना र नयाँ सवारीसाधन व्यवस्थापनको प्रक्रिया तीव्र बनेको छ ।
हालैको जेन–जी आन्दोलनका कारण ध्वस्त भएका संरचना र सवारी साधनले सुरक्षामा चुनौती बढाएपछि गृह मन्त्रालयले आपतकालीन आवश्यकता पहिचान गर्दै बजेट निकासालाई प्राथमिकतामा राखेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको पहलपछि तीनै सुरक्षा निकायका लागि ३२७ वटा सवारीसाधन खरिद गर्न अर्थ मन्त्रालयले अनुमति दिएको छ । यो प्रक्रियाले सुरक्षा निकायलाई निर्वाचन–पूर्व आवश्यक गतिशीलता र उपस्थितिमा सहयोग गर्ने अपेक्षा लिइएको छ ।
नेपाल प्रहरीका लागि ८० करोड ४१ लाख बराबरका सवारी खरिद हुने भएकाे छ । गृह मन्त्रालयको तथ्यांकअनुसार नेपाल प्रहरीले यस आर्थिक वर्षमा ८० करोड ४१ लाख रुपैयाँ बराबरका १५६ वटा नियमित र १०६ वटा अतिरिक्त सवारीसाधन खरिद गर्नेछ । जसमा ७५ पिकअप भ्यान, १ प्रिजनर सवारी, २८ कार्यालय प्रयोजनका सवारी, ४१ विद्युतीय सवारी, १० एस्कर्ट पिकअप छन् ।
खरिद अनुमति असोज २४ गते नै प्राप्त भइसकेको छ । यता
सशस्त्र प्रहरीमा उद्धारदेखि दंगानियन्त्रणसम्मका सवारी छन् । जसमा सशस्त्र प्रहरीका लागि ५९ वटा सवारी खरिदका लागि २१ करोड ६ लाख रुपैयाँ निकासा भएको छ । जसमा ३ विपत् उद्धारका सवारी, ५० बोलेरो पिकअप, ३ दंगानियन्त्रण ट्रक, २ एम्बुलेन्स छन् ।
नेपाल प्रहरीजस्तै सशस्त्र प्रहरीले पनि यस वर्षभित्र थप ५० सवारी खरीद गर्न ५ करोड ६ लाख थप स्रोत सहमति पाएको छ । राष्ट्रिय अनुसन्धान विभागले चारपांग्रे सवारी खरिद गर्ने भएकाे छ । राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा चारपांग्रे सवारी खरिद गर्न २ करोड ८० लाख रुपैयाँ स्वीकृत भएको छ । पूर्वाधार पुनःस्थापनाः ४६५ मध्ये ४४९ प्रहरी संरचना मर्मत हुनेछन् ।
जेन–जी प्रदर्शनका दौरान सुरक्षा संरचनामा व्यापक क्षति पुगेको थियो । गृह मन्त्रालयका अनुसार ४६५ प्रहरी कार्यालय क्षतिग्रस्त, ५७१ सवारीसाधनमा क्षति पुगेका थिए । तीमध्ये ४४९ कार्यालय मर्मत भई सञ्चालनमा आइसकेका छन् । बाँकी १६ कार्यालयको मर्मत जारी छ ।
सशस्त्र प्रहरीका ८४ कार्यालयमा क्षति पुगेको थियो, ६१ सवारी पूर्णरूपले जलेका थिए । राष्ट्रिय अनुसन्धान विभागका २ भवन, ३ जिल्ला कार्यालय र ४१ सवारीसाधनमा क्षति पुगेको छ, जसको अनुमानित मूल्य ८ करोड ९० लाख रुपैयाँ छ ।
गृह मन्त्रालयले सुरक्षा पूर्वाधारलाई “चुनावपूर्व पूर्ण क्षमतामा पुनःस्थापित गर्ने” लक्ष्य अघि सार्दै सवारी खरिद र मर्मत प्रक्रियालाई द्रुत गतिमा अघि बढाइएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: