Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

निर्वाचन सुरक्षाकाे लागि ३२७ नयाँ सवारी खरिद हुने

खबरडबली संवाददाता

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना र नयाँ सवारीसाधन व्यवस्थापनको प्रक्रिया तीव्र बनेको छ । 

हालैको जेन–जी आन्दोलनका कारण ध्वस्त भएका संरचना र सवारी साधनले सुरक्षामा चुनौती बढाएपछि गृह मन्त्रालयले आपतकालीन आवश्यकता पहिचान गर्दै बजेट निकासालाई प्राथमिकतामा राखेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको पहलपछि तीनै सुरक्षा निकायका लागि ३२७ वटा सवारीसाधन खरिद गर्न अर्थ मन्त्रालयले अनुमति दिएको छ । यो प्रक्रियाले सुरक्षा निकायलाई निर्वाचन–पूर्व आवश्यक गतिशीलता र उपस्थितिमा सहयोग गर्ने अपेक्षा लिइएको छ ।

नेपाल प्रहरीका लागि ८० करोड ४१ लाख बराबरका सवारी खरिद हुने भएकाे छ । गृह मन्त्रालयको तथ्यांकअनुसार नेपाल प्रहरीले यस आर्थिक वर्षमा ८० करोड ४१ लाख रुपैयाँ बराबरका १५६ वटा नियमित र १०६ वटा अतिरिक्त सवारीसाधन खरिद गर्नेछ । जसमा ७५ पिकअप भ्यान, १ प्रिजनर सवारी, २८ कार्यालय प्रयोजनका सवारी, ४१ विद्युतीय सवारी, १० एस्कर्ट पिकअप छन् ।

खरिद अनुमति असोज २४ गते नै प्राप्त भइसकेको छ । यता 
सशस्त्र प्रहरीमा उद्धारदेखि दंगानियन्त्रणसम्मका सवारी छन् । जसमा सशस्त्र प्रहरीका लागि ५९ वटा सवारी खरिदका लागि २१ करोड ६ लाख रुपैयाँ निकासा भएको छ । जसमा ३ विपत् उद्धारका सवारी,  ५० बोलेरो पिकअप, ३ दंगानियन्त्रण ट्रक, २ एम्बुलेन्स छन् । 

नेपाल प्रहरीजस्तै सशस्त्र प्रहरीले पनि यस वर्षभित्र थप ५० सवारी खरीद गर्न ५ करोड ६ लाख थप स्रोत सहमति पाएको छ । राष्ट्रिय अनुसन्धान विभागले चारपांग्रे सवारी खरिद गर्ने भएकाे छ । राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा चारपांग्रे सवारी खरिद गर्न २ करोड ८० लाख रुपैयाँ स्वीकृत भएको छ । पूर्वाधार पुनःस्थापनाः ४६५ मध्ये ४४९ प्रहरी संरचना मर्मत हुनेछन् । 

जेन–जी प्रदर्शनका दौरान सुरक्षा संरचनामा व्यापक क्षति पुगेको थियो । गृह मन्त्रालयका अनुसार ४६५ प्रहरी कार्यालय क्षतिग्रस्त, ५७१ सवारीसाधनमा क्षति पुगेका थिए । तीमध्ये ४४९ कार्यालय मर्मत भई सञ्चालनमा आइसकेका छन् । बाँकी १६ कार्यालयको मर्मत जारी छ ।

सशस्त्र प्रहरीका ८४ कार्यालयमा क्षति पुगेको थियो, ६१ सवारी पूर्णरूपले जलेका थिए । राष्ट्रिय अनुसन्धान विभागका २ भवन, ३ जिल्ला कार्यालय र ४१ सवारीसाधनमा क्षति पुगेको छ, जसको अनुमानित मूल्य ८ करोड ९० लाख रुपैयाँ छ ।

गृह मन्त्रालयले सुरक्षा पूर्वाधारलाई “चुनावपूर्व पूर्ण क्षमतामा पुनःस्थापित गर्ने” लक्ष्य अघि सार्दै सवारी खरिद र मर्मत प्रक्रियालाई द्रुत गतिमा अघि बढाइएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending