नुवाकोट । नेपाली कम्युनिस्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद तथा बेपत्ता परिवारका लागि गर्व गर्न लायक योगदान पुर्याएको बताएका छन्।
नुवाकोटको लिखु गाउँपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आइतबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले मुलुकको परिवर्तनका लागि सहिदले पुर्याएको योगदानको उच्च प्रशंसासहित आफूले गर्न सक्ने सम्मान प्रदान गरेको बताएका हुन्।
जनयुद्धको सफलता, सङ्घीय गणतन्त्र, संविधानसभामार्फत नयाँ संविधान जारी, राज्य पुनः संरचनाको निर्माणलगायत सहिद, बेपत्ता र घाइते योद्धाको बलिदानको उपलब्धि भएकाले त्यसलाई संस्थागत गर्न सक्ने जति राहत उपलब्ध गराएको उनको भनाइ थियो।
“पहिलो पटक प्रधानमन्त्री हुँदाको पहिलो निर्णय नै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने थियो। तर, कार्यान्वयनमा ल्याउन सकिएको थिएन,” प्रचण्डले भने, “प्रधानमन्त्री कार्यकालको तेस्रो पटकमा जनयुद्धसहित सबै किसिमका आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्दै राजपत्रमा सूचना प्रकाशित गर्दा गर्व लागेको छ। यसलाई ठूलो उपलब्धि मान्नुपर्छ।”
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन तथा कानुन बनाउने विधेयकलाई अन्तिम निर्णयमा पुर्याउन सफल भएकाले अबको प्रयास त्यसमा गरिएको परिपूरण कार्यान्वयन गराउन केन्द्रित हुने उनले प्रतिबद्धता जनाए।
परिपूरणमा सहिद र बेपत्ता परिवारलाई परिचयपत्र प्रदान गर्ने, सार्वजनिक सेवा प्रवाहमा छुट सुविधा उपलब्ध गराउने, परिवारका एक जनालाई रोजगारीको प्रबन्ध मिलाउनेसहित न्यूनतम रु १० लाख प्रदान गर्ने उल्लेख छ।
सोही कार्यान्वयनको लागि आफूले प्रयास जारी राखेकाले सहिद र बेपत्ता परिवारलाई न्याय दिन जस्तो सुकै मूल्य चुकाउन पनि तयार हुने उनले विश्वास दिलाए।
परिपूरणको कार्यान्वयन शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने व्यवस्थाअन्तर्गत महत्त्वपूर्ण कदम हुने भएकाले त्यसका लागि अन्तर्राष्ट्रिय नियोगको समर्थन र दातृ निकायबाट आर्थिक सहयोग जुटाइ कार्यान्वयन गराइने उनको भनाइ छ।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री दाहालबाट यहाँको लिखु गाउँपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आज एकसाथ उद्घाटन गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्राप्त रु ९० लाख लगानीमा निर्माण गरिएको भवनलाई कार्यालय बनाइएको छ भने स्मृति पार्कमा जनयुद्धको समयमा लिखु गाउँपालिकाबाट दिवङ्गत भएका ११ जना सहिद र बेपत्ता एक जनासहित १२ जनाको शालिकको उनले अनावरण गरे। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: