नुवाकोट । नेपाली कम्युनिस्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद तथा बेपत्ता परिवारका लागि गर्व गर्न लायक योगदान पुर्याएको बताएका छन्।
नुवाकोटको लिखु गाउँपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आइतबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले मुलुकको परिवर्तनका लागि सहिदले पुर्याएको योगदानको उच्च प्रशंसासहित आफूले गर्न सक्ने सम्मान प्रदान गरेको बताएका हुन्।
जनयुद्धको सफलता, सङ्घीय गणतन्त्र, संविधानसभामार्फत नयाँ संविधान जारी, राज्य पुनः संरचनाको निर्माणलगायत सहिद, बेपत्ता र घाइते योद्धाको बलिदानको उपलब्धि भएकाले त्यसलाई संस्थागत गर्न सक्ने जति राहत उपलब्ध गराएको उनको भनाइ थियो।
“पहिलो पटक प्रधानमन्त्री हुँदाको पहिलो निर्णय नै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने थियो। तर, कार्यान्वयनमा ल्याउन सकिएको थिएन,” प्रचण्डले भने, “प्रधानमन्त्री कार्यकालको तेस्रो पटकमा जनयुद्धसहित सबै किसिमका आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्दै राजपत्रमा सूचना प्रकाशित गर्दा गर्व लागेको छ। यसलाई ठूलो उपलब्धि मान्नुपर्छ।”
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन तथा कानुन बनाउने विधेयकलाई अन्तिम निर्णयमा पुर्याउन सफल भएकाले अबको प्रयास त्यसमा गरिएको परिपूरण कार्यान्वयन गराउन केन्द्रित हुने उनले प्रतिबद्धता जनाए।
परिपूरणमा सहिद र बेपत्ता परिवारलाई परिचयपत्र प्रदान गर्ने, सार्वजनिक सेवा प्रवाहमा छुट सुविधा उपलब्ध गराउने, परिवारका एक जनालाई रोजगारीको प्रबन्ध मिलाउनेसहित न्यूनतम रु १० लाख प्रदान गर्ने उल्लेख छ।
सोही कार्यान्वयनको लागि आफूले प्रयास जारी राखेकाले सहिद र बेपत्ता परिवारलाई न्याय दिन जस्तो सुकै मूल्य चुकाउन पनि तयार हुने उनले विश्वास दिलाए।
परिपूरणको कार्यान्वयन शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने व्यवस्थाअन्तर्गत महत्त्वपूर्ण कदम हुने भएकाले त्यसका लागि अन्तर्राष्ट्रिय नियोगको समर्थन र दातृ निकायबाट आर्थिक सहयोग जुटाइ कार्यान्वयन गराइने उनको भनाइ छ।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री दाहालबाट यहाँको लिखु गाउँपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आज एकसाथ उद्घाटन गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्राप्त रु ९० लाख लगानीमा निर्माण गरिएको भवनलाई कार्यालय बनाइएको छ भने स्मृति पार्कमा जनयुद्धको समयमा लिखु गाउँपालिकाबाट दिवङ्गत भएका ११ जना सहिद र बेपत्ता एक जनासहित १२ जनाको शालिकको उनले अनावरण गरे। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: