Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

गोरखामा थपिए सात हजारभन्दा बढी मतदाता

खबरडबली संवाददाता

सुलीकोट। आगमी निर्वाचनलाई ध्यानमा राख्दै गोरखा जिल्लामा मतदाता नामवाली दर्ता गर्नेको सङ्ख्या उल्लेखनीय रुपमा बढेको छ । असोज ९ गतेबाट सुरु भएको मतदाता नामवालीमा दर्ता गर्ने अन्तिम दिन मङ्सिर ५ गते शुक्रबारसम्म उक्त सङ्ख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए।

उनका अनुसार आगामी फागुन २१ ग्ते प्रतिनिधि सदस्यको निर्वाचन गर्ने गरी तोकेसँगै मङ्सिर ५ गते शुक्रबारसम्म आइपुग्दा गोरखामा कुल सात हजार ८७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

‘‘दर्ता प्रक्रियामा युवादेखि वृद्धसम्मको सक्रिया सहभागिता देखिएको छ,’’ कार्यालय प्रमुख टेकबहादुर कोइरालाले भने फोटोसहितको नामवली दर्ता गराउनेको सङ्ख्या एक हजार ५५० रहेकोमध्ये  जसमा ९०८ पुरुष र ५९४ महिला छन् ।’’

त्यस्तै ६ हजार २३५ जनाले राष्ट्रिय परिचयपत्र मार्फत नामवाली दर्ता गराएका छन् भने यस अघिको  निर्वाचनपछि र नयाँ दर्ता भएको समेत गरी गोरखामा मतदाताको सङ्ख्या दुई लाख २९ हजार ७६६ पुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।  

गोरखामा मतदाता बन्ने उमेर पुगेका युवाहरुको सहभागिता सर्वाधिक छ । विशेष गरी उच्च शिक्षा अध्ययनरत युवाहरु वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु तथा महिलाको उपस्थितिले मतदाता नामावली अद्यावद्यिक अभियानलाई उत्साहित बनाएको छ ।

गोरखामा मतदाताको सहभागिता विगत वर्षमा भन्दा उत्साहजनक छ । नागरिकहरु आफ्नो मतधिकारलाई जिम्मेवारीका रुपमा लिन थालेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

जिल्लामा हालसालै देखिएका विकास निर्माणकाा मुद्दा र स्थानीय शासनप्रति नागरिकको बढ्दो चासोले पनि मतदाताको सक्रियता बढाएको देखिन्छ । अहिलेका नागरिक अब आफ्नो मतले विकासको दिशा निर्धारण गर्छ भन्ने कुरामा बढी सजग बनेका कारण मतदाता नामवलीमा नाम लेखाउनको सङ्ख्या बढेको बताइएको छ ।

मतदाता नामवालीमा बढ्दो सहभागिताले गोरखामा हुने आगमी निर्वाचनलाई प्रतिस्पर्धात्मक, प्रभावकारी र समावेशी बनाउन सहयोग पुर्‍याउने देखिन्छ । लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन नागरिकहरु  उत्साहित हुँदै अघि सरिरहेको यस परिवर्तनलाई स्थानीय स्तरमा सकारात्मक विकासको रुपमा हेरिएको छ ।

नयाँ नामवलीमा नाम दर्ता भएकामध्ये अधिकांश किशोर जेनजी उमेर समूहका रहेका बताइएको छ । यस अघि प्रतिनिधि सभाको निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सब इन्जिनियर हत्या घटना: सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...

जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो

जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।  मुख्...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...

१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल खुल्यो

सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।  आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...

दाङमा आजपाका उम्मेदवारद्वारा नेकपा उम्मेदवारलाई समर्थन घोषणा

दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...

रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव सुनकोशी किनारामा फेला

रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी, ३२ वटाले पठाए स्पष्टीकरण

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...

नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE