Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

स्थानीय भत्ता नपाएको भन्दै शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

खबरडबली संवाददाता

फिदिम। नेपाल शिक्षक महासंघले शिक्षक हरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । फिदिम नगरपालिका सहित जिल्लाका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउदै शिक्षकहरुले सरकारले तोके अनुसारको मापदण्डमा भत्ता दिन माग गरेका हुन् ।

फिदिम नगरपालिकामा महासंघका अध्यक्ष हरिकृष्ण मिश्र नेतृत्वको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनु भएकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै गाउँपालिकाहरुमा पनि ध्यानाकर्षण वुझाइएको महासंघले जनाएको छ ।

महासंघले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले जारी गरेको स्थानीय तहबाट कार्यान्वयन हुने सशर्त अनुदान सम्बन्धी कार्यविधिमा शिक्षकलाई स्थानीय भत्ता पाउने स्पष्ट व्यवस्था भएपनि पाँचथरमा सो सुविधा नआएको भन्दै रोष प्रकट गर्दै आएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगर समितिका अध्यक्ष तथा महासंघ पदेन सदस्य रामप्रसाद बाँस्कोटाका अनुसार पाँचथर ‘घ’ वर्गमा पर्ने स्थानीय भत्ता पाउँने क्षेत्र भए पनि फिदिम नगरपालिकाले अहिलेसम्म भत्ता नदिएको कारण यथार्थ बुझी तत्काल कार्यान्वयन गर्न माग गरिएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहालले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरसँग थप स्पष्टिकरण माग्दै पत्र पठाइ सकिएको जानकारी गराए। ध्यानाकर्षण पत्र बुझाउने क्रममा महासंघ फिदिमका अध्यक्ष हरिकृष्ण मिश्र सहित नगर समिति, महासंघ पाँचथरका सहसचिव जीवन भण्डारी तथा विभिन्न शिक्षक संघ–संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध सडकमा युवाको प्रदर्शन

काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...

निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...

सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...

न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काए

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति, संसद्मा बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...

लगानी व्यवस्थापन समितिमा खड्का र थकाली मनोनयन

काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending