फिदिम। नेपाल शिक्षक महासंघले शिक्षक हरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । फिदिम नगरपालिका सहित जिल्लाका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउदै शिक्षकहरुले सरकारले तोके अनुसारको मापदण्डमा भत्ता दिन माग गरेका हुन् ।
फिदिम नगरपालिकामा महासंघका अध्यक्ष हरिकृष्ण मिश्र नेतृत्वको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनु भएकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै गाउँपालिकाहरुमा पनि ध्यानाकर्षण वुझाइएको महासंघले जनाएको छ ।
महासंघले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले जारी गरेको स्थानीय तहबाट कार्यान्वयन हुने सशर्त अनुदान सम्बन्धी कार्यविधिमा शिक्षकलाई स्थानीय भत्ता पाउने स्पष्ट व्यवस्था भएपनि पाँचथरमा सो सुविधा नआएको भन्दै रोष प्रकट गर्दै आएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगर समितिका अध्यक्ष तथा महासंघ पदेन सदस्य रामप्रसाद बाँस्कोटाका अनुसार पाँचथर ‘घ’ वर्गमा पर्ने स्थानीय भत्ता पाउँने क्षेत्र भए पनि फिदिम नगरपालिकाले अहिलेसम्म भत्ता नदिएको कारण यथार्थ बुझी तत्काल कार्यान्वयन गर्न माग गरिएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहालले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरसँग थप स्पष्टिकरण माग्दै पत्र पठाइ सकिएको जानकारी गराए। ध्यानाकर्षण पत्र बुझाउने क्रममा महासंघ फिदिमका अध्यक्ष हरिकृष्ण मिश्र सहित नगर समिति, महासंघ पाँचथरका सहसचिव जीवन भण्डारी तथा विभिन्न शिक्षक संघ–संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १२:३१
काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...
पौष १० गते, २०८२ - १२:२१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...
पौष १० गते, २०८२ - १२:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...
पौष १० गते, २०८२ - ११:४३
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...
पौष १० गते, २०८२ - ११:२९
मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...
पौष १० गते, २०८२ - १०:५८
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...




प्रतिकृया लेख्नुहोस्: