काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसी इन्डियासँग महँगो दरमा बिजुली किनेर पनि राज्यलाई उल्टै ३ अर्ब रुपैयाँ बचत गराएको दाबी गरेका छन्। उनले प्रतियुनिट २१ पैसा महँगो दरमा गरिएको उक्त खरिदलाई उचित निर्णयका रूपमा प्रस्तुत गरेका हुन्।
सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री घिसिङले महँगो दरमा गरिएको विद्युत् खरिदबाट घाटा होइन, फाइदा भएको तर्क अघि सारे।
यसअघि अनलाइनखबर ले नेपाल विद्युत् प्राधिकरण ९नेपा० ले पीटीसी इन्डियाले मागेभन्दा महँगो दरमा बिजुली किन्दा, तिर्नै नपर्ने बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज र चुहावट कटौतीसमेत नगरी करिब ४३ करोड रुपैयाँ गडबडी भएको समाचार प्रकाशित गरेको थियो। यही विषयमा सांसदहरूले स्पष्टीकरण मागेका थिए।
तर, प्रतियुनिट २१ भारतीय पैसा महँगोमा किनिएको बिजुलीले कसरी ३ अर्ब रुपैयाँ फाइदा गरायो भन्ने ठोस आधार भने उनले स्पष्ट पारेनन्।
'प्रतियुनिट ६.९५ भारतीय रुपैयाँमा बिजुली किन्ने सम्झौता गरेर ड्राइ सिजनका लागि आवश्यक विद्युत् सुरक्षित गरिएको हो,' मन्त्री घिसिङले समितिमा भने।
भविष्यमा बिजुली अझ महँगो पर्न सक्ने सम्भावना भएकाले अहिले महँगोमा सम्झौता गर्नु नै सही निर्णय भएको उनको तर्क छ। 'त्यतिबेला ६.७४ भारुमा सम्झौता नगर्ने तत्कालीन एमडी र बोर्डलाई नै कारबाही हुनुपर्ने थियो,' उनले टिप्पणी गरे।
घिसिङले आफूहरूले राज्यको हितमा रहेको निर्णय गरेको दाबी गर्दै भने, 'राइट डिसिजन, राइट टाइममा गरेका छौँ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...
पौष १० गते, २०८२ - १५:०६
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...
पौष १० गते, २०८२ - १४:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...
पौष १० गते, २०८२ - १४:३५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...
पौष १० गते, २०८२ - १४:२६
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...
पौष १० गते, २०८२ - १४:१६
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...




प्रतिकृया लेख्नुहोस्: