Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

सिंहदरबार अगाडि कालोपट्टी बाँधेर मिराज ढुंगाना समूहको प्रदर्शन

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मागपत्र बुझ्ने समय नदिएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार पनि सिंहदरबार गेटअगाडि प्रदर्शन गरेको छ।

आइतबारको बैठकपछि सोमबारदेखि निरन्तर आन्दोलनमा जाने घोषणा गरेको समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो। सिंहदरबार भित्र प्रवेश गर्न खोज्दा उनीहरू र प्रहरीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो।

यो समूह सिंहदरबार गेटमै पुगेर गिरफ्तारी दिन तयार रहेको बताइएको थियो तर प्रहरी टोलीले गेट बाहिरै रोकिदिएपछि उनीहरूको योजना असफल भयो। सोमबार पनि प्रधानमन्त्रीलाई भेट्न नपाएपछि उनीहरूले असन्तुष्टि जनाउँदै गेटमै मागपत्र टाँसेर फर्किएका थिए।

‘गरिखान देउ अभियान’ का अगुवा हरिष भट्टका अनुसार मंगलबार प्रधानमन्त्रीलाई भेट्नु प्रमुख उद्देश्य नभई गेटअगाडि उपस्थित भएर शक्तिशाली प्रदर्शन गर्नु थियो।

उनले भने, “आज हामी सिंहदरबार पुगेर गिरफ्तारी नै दिने पूर्वयोजना थियो। सोहीअनुसार गएका हौँ। अब हाम्रो माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहन्छ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending