लमजुङ। गत असारमा भत्किएको लमजुङ कारागार मर्मत हुन नसक्दा यहाँका कैदीबन्दीलाई बाहिरी जिल्लामै राख्नुपरेको छ । जिल्लाबाहिर बस्नुपर्दा कैदीबन्दीलाई अदालतमा पेशी लिन आउजाउमा समस्या भएको छ ।
दशैंअघि भत्किएको कारागारको पर्खाल मर्मत गरेर लमजुङ फर्काउने गरी प्रशासनले कैदीबन्दीसँग लिखित प्रतिबद्धता गरेको थियो । तर, मङ्सिर पहिलो हप्ता बित्दा पनि कारागार मर्मतकार्य सुरु हुन सकेको छैन ।
गत असार ३२ गते कारागारको पर्खाल भत्किएपछि दशैँअगावै जिल्ला फर्काउने लिखित प्रतिबद्धता गरेर कैदीबन्दीलाई तनहुँ र कास्की कारागार स्थान्तरण गरिएको थियो । कारागारको पर्खाल भत्केपछि तनहुँ र कास्कीमा राखिएका कैदीबन्दी लामो समयसम्म त्यहीं बस्न बाध्य भएका छन् ।
बाहिरी जिल्ला बस्नुपर्दा मानवीय, कानुनी तथा प्रशासनिक समस्या झेल्नुपरेको कैदीबन्दीको गुनासो छ । कैदीबन्दीका आफन्तले आफूहरुलाई भेट्न असहज भएको र कानुनी प्रक्रियाका लागि अदालत नल्याइएको गुनासो गरेका छन् ।
कारागार भत्किएपछि गत साउन ३ गते १०८ जना कैदीबन्दीलाई तनहुँ र कास्की कारागारमा अस्थायी रूपमा स्थानान्तरण गरिएको थियो । उनीहरूले जिल्लामै फर्काइने लिखित आश्वासन पाएपछि मात्र स्थानान्तरण स्वीकारेका थिए ।
चार महिना बित्दासम्म कारागार मर्मतको कुनै सङ्केत नआएपछि कैदीबन्दीका आफन्तले भेटघाट, अदालत हाजिरी र स्वास्थ्य उपचारमा समस्या परेको भन्दै चासो व्यक्त गरेका छन् । गत भदौ पहिलो साता सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीबाट पठाइएको प्राविधिक प्रतिवेदनअनुसार पूरै कारागार पुनर्निर्माणका लागि १७ करोड ७४ लाख रुपियाँ लाग्नेछ ।
भत्किएको पर्खाल मात्र मर्मत गर्न एक करोड ३२ लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ । स्टिमेट आएपछि कुनै पनि छलफल, टेण्डर प्रक्रिया वा निर्माणसम्बन्धी आवश्यक निर्णय नलिइनु प्रशासनिक सुस्तताको प्रमुख उदाहरण भएको सरोकारवालाको आरोप छ ।
वि.सं. २०२८ मा निर्माण गरिएको लमजुङ कारागार ३५ जनाको क्षमता रहेको भए पनि पछिल्ला वर्षमा तीनगुना बढी कैदी राखिँदैआएको थियो । संरचना जीर्ण भई सुरक्षित रूपमा कैदी राख्न कठिन भएपछि कैदीबन्दीलाई अन्यत्र सारिएको हो । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कारागारको डिपिआर तयार गर्न पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरिएको र आवश्यक बजेटका लागि गृह मन्त्रालयमा माग गरी पठाइएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १०:४७
मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...
पौष ६ गते, २०८२ - १०:४०
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...
पौष ६ गते, २०८२ - १०:३४
विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...




प्रतिकृया लेख्नुहोस्: