Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नवनियुक्त मुख्य सचिव अर्यालले प्रस्तुत गरे २५ बुँदे प्राथमिकता, के-के छन् ?

फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने पहिलो प्राथमिकताका

खबरडबली संवाददाता

काठमाडौँ । नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले आफ्नो कार्यकालका प्राथमिकताहरू २५ बुँदामा सार्वजनिक गरेका छन्। पदबहालीपछि बुधबार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले आगामी कार्यदिशाबारे विस्तृत रुपमा जानकारी दिए।

मुख्य सचिव अर्यालले पहिलो प्राथमिकताका रूपमा फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने विषय स्पष्ट पारे। उनले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागसहित सुरक्षासम्बन्धी सबै निकायबीच प्रभावकारी समन्वय अनिवार्य रहेको उल्लेख गरे।

उनका अनुसार देशभर सुरक्षा प्रत्याभूति, मतदाता नामावली अद्यावधिक, तथा निर्वाचनसम्बन्धी कार्यविधि र निर्देशिकामा आवश्यक सुधार गरी मन्त्रिपरिषद्बाट शीघ्र अनुमोदन गराउने कार्यहरू पहिलो प्राथमिकताअन्तर्गत पर्छन्।

दोस्रो प्राथमिकतामा उनले सबै नागरिकलाई निडर, स्वतन्त्र र उत्साहपूर्वक आम निर्वाचनमा सहभागी हुन सकिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। 

तेस्रो बुँदामा मुख्य सचिव अर्यालले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य अनुसन्धान तथा सुरक्षा निकायलाई आवश्यक सहयोग उपलब्ध गराई राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गर्न समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे।

1

2

3

नवनियुक्त-मुख्य-सचिवज्यूको-मन्तव्य_jkgeomf-9

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending