काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ। पार्टीभित्र देखा परिरहेको १५ औँ महाधिवेशनसम्बन्धी विवादमा साझा धारणा बनाउन भन्दै ६० भन्दा बढी संस्थापन पक्षीय सदस्यहरू आनन्तभूमि पार्टी प्यालेसमा जुटेका हुन्।
बिहान १० बजेबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, कान्तिका सेजुवाल, नृप वड, उर्मिला नेपाल केसी, डा। रणबहादुर रावल, विद्या तिमिल्सिना, राधा घले, गुरु बराल, गोमाकुमारी भट्टराई, रमा कोइराला पौड्याल, सिता देवकोटा, शान्ति विक परियार, रुपा विकलगायत नेताहरू सहभागी छन्।
शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएपछि त्यसबारे पनि बैठकमा छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
नेपाली कांग्रेसमा १५ औँ महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको छ। तर महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा पार्टीभित्र विवाद चर्किँदै आएको छ। संस्थापन पक्षले निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्छ भन्ने धारणा लिँदै आएको छ, र यही अडानलाई मजबुत बनाउन नेताहरूको बैठक बसेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: