सिरिया। दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ । मृतकमध्ये महिला र बालबालिका पनि रहेको उल्लेख गरिएको छ ।
स्थानीय अधिकारीका अनुसार धेरै पीडित भग्नावशेषमुनि फसिरहेका छन्, र घटनापछि दर्जनौँ परिवार गाउँ छोडेर नजिकैका सुरक्षित स्थानतर्फ भागेका छन् । इजरायली कारबाहीमा छ जना सिरियाली सैनिक घाइते भएका छन् । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा लेबनानी इस्लामवादी समूह जामा इस्लामियाका संदिग्धलाई नियन्त्रणमा लिन चलाइएको विशेष अपरेसनका क्रममा रातारात कम्तीमा छ जना आफ्ना सैनिक घाइते भएको जनाएको छ ।
तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सेनाले उक्त समूहले दक्षिणी सिरियामा बसेर इजरायली नागरिकविरुद्ध हमला गर्ने तयारी गरिरहेको आरोप लगाएको छ । स्थानीय अधिकारी अब्दुल रहमान अल(हम्रावीलाई उद्धृत गर्दै एएफपीले दिएको जानकारी अनुसार, इजरायली सैनिकले बेइट जिनमा तीन जना युवकलाई पक्राउ गर्न छापा मार्दा स्थानीय बासिन्दासँग झडप भएको थियो ।
झडपपछि इजरायली सेनाले तोपखाना र ड्रोन प्रयोग गर्दै गाउँ वरपर गोलाबारी गरेको बताइएको छ । डिसेम्बर २०२४ मा सिरियाली नेता बशर अल(असदको पतन र दमास्कसमा नयाँ इस्लामवादी नेतृत्व आएपछि इजरायलले सिरियाभित्र सयौँ सैन्य कारबाही गरिरहेको सरकारी स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...
आषाढ़ ३ गते, २०८३ - १०:५५
चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिराम...
आषाढ़ ३ गते, २०८३ - १०:४२
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १...
आषाढ़ ३ गते, २०८३ - १०:२५
बाजुरा। बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं(७ बस्ने २४ वर्षीया गोपाल वली...
आषाढ़ ३ गते, २०८३ - १०:१६
दमक। झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल...
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...



प्रतिकृया लेख्नुहोस्: