Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु

खबरडबली संवाददाता

सिरिया। दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ । मृतकमध्ये महिला र बालबालिका पनि रहेको उल्लेख गरिएको छ । 

स्थानीय अधिकारीका अनुसार धेरै पीडित भग्नावशेषमुनि फसिरहेका छन्, र घटनापछि दर्जनौँ परिवार गाउँ छोडेर नजिकैका सुरक्षित स्थानतर्फ भागेका छन् । इजरायली कारबाहीमा छ जना सिरियाली सैनिक घाइते भएका छन् । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा लेबनानी इस्लामवादी समूह जामा इस्लामियाका संदिग्धलाई नियन्त्रणमा लिन चलाइएको विशेष अपरेसनका क्रममा रातारात कम्तीमा छ जना आफ्ना सैनिक घाइते भएको जनाएको छ । 

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सेनाले उक्त समूहले दक्षिणी सिरियामा बसेर इजरायली नागरिकविरुद्ध हमला गर्ने तयारी गरिरहेको आरोप लगाएको छ । स्थानीय अधिकारी अब्दुल रहमान अल(हम्रावीलाई उद्धृत गर्दै एएफपीले दिएको जानकारी अनुसार, इजरायली सैनिकले बेइट जिनमा तीन जना युवकलाई पक्राउ गर्न छापा मार्दा स्थानीय बासिन्दासँग झडप भएको थियो । 

झडपपछि इजरायली सेनाले तोपखाना र ड्रोन प्रयोग गर्दै गाउँ वरपर गोलाबारी गरेको बताइएको छ । डिसेम्बर २०२४ मा सिरियाली नेता बशर अल(असदको पतन र दमास्कसमा नयाँ इस्लामवादी नेतृत्व आएपछि इजरायलले सिरियाभित्र सयौँ सैन्य कारबाही गरिरहेको सरकारी स्रोतले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending