इन्डोनेसिया। इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् ।
इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि भारी वर्षाको कारण उत्पन्न विपदले यस क्षेत्रमा दर्जनौँ मानिसकोे मृत्यु भएको छ । उत्तरी सुमात्रामा शुक्रबारसम्म मृतकको सङ्ख्या ६२ पुगेको र ९५ जना घाइते भएको स्थानीय प्रहरी प्रवक्ता फेरी वालिन्टुकानले बताएको छ ।
बाढीका कारण वेपत्ता भएका कम्तीमा ६५ जनाको खोजी भइरहेको प्रवक्ता फेरी वालिन्टुकानलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । स्थानीय विपद् एजेन्सीका अनुसार पश्चिम सुमात्रामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । वालिन्टुकानले उत्तरी सुमात्राका अधिकारी “निकासी र सहायता प्रदान गर्ने कार्यमा केन्द्रित रहेको बताएको छन् । उत्तरी सुमात्रामा, केही क्षेत्रमा सञ्चारको पहुँच विच्छेद भएको उनले बताएको छन् ।
सबैभन्दा बढी प्रभावित सहर सिबोल्गामा ३० जना भन्दा बढीको मृत्यु भएको उहाँले बताउनुभएको छ । पश्चिम सुमात्रामा स्थानीय विपद एजेन्सीका प्रमुख अब्दुल मलिकलाई उदृत गर्दै २२ जनाको मृत्यु भएको र १२ जनाको खोजी भइरहेको एएफपीले जनाएको छ । भारी वर्षाले इन्डोनेसियाको पश्चिमी प्रान्त आचेमा पनि बाढी र पहिरो आउँदा लगभग एक हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय विपद् एजेन्सीले जनाएको छ ।
एएफपीका अनुसार प्रान्तका केही भागमा बिजुली सेवासमेत बन्द गरिएको छ । बिजुली कम्पनी पेरुसाहान लिस्ट्रिक नेगाराले यस हप्ताको सुरुमा आकस्मिक बाढीले प्रसारण टावरलाई प्रभावित गराएपछि बिस्तारै बिजुली आपूर्ति पुन:स्थापना गर्न कर्मचारी तैनाथ गरेको बताएको छ ।
मौसमी वर्षाले थाइल्यान्डका केही भाग डुबानमा पारेको र दर्जनौँको मृत्यु भएको छ । मलेसियामा पनि बाढीले र कम्तीमा दुई जनाको मृत्यु भएको जनाइएको छ । मध्य जाभामा भारी वर्षाका कारण आएको पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु हुनुका साथै करिब १३ जना अझै बेपत्ता भएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: