Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा कायम गरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । 

शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम शान्तिसुरक्षाको प्रत्याभूतिसहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी राष्ट्रिय अभिभारा पूरा गर्ने अभियानमा सेनाको प्रमुख भूमिका रहेको स्पष्ट गरिन् ।

गौरवमय इतिहास भएको नेपाली सेनाले निर्वाचन सुरक्षाका क्रममा यसअघि जस्तै प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् । “जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिन्छु”, प्रधानमन्त्रीले भनिन् ।

आगामी निर्वाचनका क्रममा नागरिकको ज्यान जाने र घाइते हुने अवस्था आउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिइन् ।

प्रधानमन्त्रीले जेनजी आन्दोलनका क्रममा लुटिएका र हराएका हातहतियारको खोजतलासहित नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न, मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्न तथा फरार अपराधी पक्रन खटिएका प्रहरीलाई सहयोग गर्न पनि निर्देशन दिइन् ।

जङ्गी अड्डा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिइन् । यसैगरी सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ‘ब्रिफिङ’ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत विशिष्ट अधिकारीको उपस्थिति थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending