Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

प्रधानमन्त्री सुशीला कार्कीसँग राप्रपा नेताहरूको भेट, के छलफल भयो ?

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्ने तय भएको र त्यस अनुसार भेट सम्पन्न भएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्।

राप्रपाले परम्परागत शक्तिको प्रतिनिधि संस्था ‘राजसंस्था’, परिवर्तनकारी पुस्ताका प्रतिनिधि ‘जेनजी’ र राजनीतिक दलबीच नयाँ प्रकारको समझदारी आवश्यक भएको धारणा व्यक्त गर्दै आएको छ। सोही विषय प्रधानमन्त्रीसमक्ष समेत उठाइएको बताइएको छ।

हालै बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे राप्रपाको आधिकारिक धारणा प्रधानमन्त्रीलाई अवगत गराउने निर्णय गरेको थियो।

यसैबीच, राप्रपाले मंसिर २३ गते काठमाडौँ उपत्यकास्तरीय प्रदर्शन गर्ने घोषणा गरेको छ। प्रदर्शनअघि सर्वपक्षीय भेला बोलाउनुपर्ने मागसहित नै प्रधानमन्त्रीसँग भेटवार्ता गरिएको नेताहरूले बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending