मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका—४, जोमसोमको एक रेस्टुरेन्टबाट प्रहरीले १२ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । जुवा खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएकोटोलीले ईन क्याफे एन्ड रेस्टुरेन्टबाट एक लाख २१ हजार ६४० रुपियाँ नगदसहित १२ जना जुवाडे शुक्रबार साँझ पक्राउ गरेको हो । स्थानीय गणेश शेरचनले सञ्चालन गरेको रेस्टुरेन्टमा जुवातास खेल्ने गरेको गुनासोपछि जुवाडेलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।
सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बस्यालका अनुसार पक्राउ पर्नेमा क्याफे एन्ड रेस्टुरेन्टका सञ्चालक गणेश शेरचन, सुनिल कुमार शेरचन, सञ्जय थकाली, ढिङडुक गुरुङ, सन्तबहादुर मजाकोटी, महेश थकाली, फलेन्द्रप्रसाद थकाली, रविकुमार थकाली, राजेन्द्र शेरचन, श्यामराज बराल, आङपासाङ शेर्पा, सदिप राना रहेका छन् । पक्राउ पर्नेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।
मुस्ताङमा पर्यटक बनेर जाने तथा त्यहाँ कार्यरत कर्मचारीसहित स्थानीय समेत जुवामा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो । यसैबिच पक्राउ परेकाहरूबाट थप सूचना समेत लिएर निगरानी बढाउने प्रहरीले जनाएको छ ।
जिल्लाभित्र जुवातास लगायतका गैरकानुनी काम गरेको पाइएमा सूचना दिन प्रहरीले अनुरोध गरोको छ । मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: