रुकुमपश्चिम। नेकपा (एमाले) रुकुमपश्चिमले चुनावमार्फत ११ औँ महाधिवेशन प्रतिनिधि चयन गरेको छ । यही कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मत हुन नसकेपछि शनिबार साँझ अबेरसम्म मतदान चलेको थियो ।
गएराति नै सार्वजनिक मतपरिणाम अनुसार मतदानबाट छ जना प्रतिनिधि चयन भएको निर्वाच अधिकृत अधिवक्ता गणेश हमालले जानकारी दिए। उनका अनुसार खुलातर्फ दुई जना, महिला दुई जना, युवा एक जना र दलित एक जना गरी छ जना प्रतिनिधि चयन भएका छन् ।
खुलातर्फ नन्दराम देवकोटा र दिनेश चन्द, महिलातर्फ कौशिला केसी र हिमकुमारी केसी, युवातर्फ प्रकाश खड्का र दलिततर्फ शशीराम नेपाली चयन हुनुभएको छ । खुलातर्फ पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटासहित दिनेश चन्द र टंकप्रसाद ओली प्रतिस्पर्धामा रहेकामा देवकोटाले २८१, चन्दले २५४ पाएर प्रतिनिधि चयन भएको हो भने ओलीले १२२ मत पाएको छन् ।
महिलातर्फ कौशिला केसी, हिमकुमारी केसी, तुलसा मल्ल र डण्डी कार्की प्रतिस्पर्धामा रहेका थिए । कौशिलाले २०४, हिमकुमारीले २०३ सहित महाधिवेशन प्रतिनिधि चयन भएकोमा डन्डीले ११६ र तुलसाले १११ मत पाएको निर्वाचन अधिकृत हमालले जनाए।
युवातर्फ प्रकाश खड्का र लालबहादुर बुढा प्रतिस्पर्धामा रहेकामा खड्काले १७७ र बुढाले १४६ मत पाए । दलित तर्फ पार्टीका जिल्ला सचिव शशिराम नेपाली चयन भएको छ । नेपालीले २७ मत ल्याउदा प्रतिस्पर्धी खड्कबहादुर दमाईले १८ मत ल्याएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: