Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

डेटलाइन २१ फागुन: नयाँ पार्टी अघि आउलान् कि पुरानै ?

रिसव गौतम
रिसव गौतम

सितिमिति म राजनीतिको विषयमा लेख्दिन । र, राजनीतिक विश्लेषक पनि होइन् । फेरी राजनीतिक विषयहरुमा लेख्दा या सत्रु कमाइन्छ, या त थोरथोरै समर्थक । जति नै मझधारमा रहेर लेख्दा पनि मान्छेहरुले कित्ताकाट गर्छन्, त्यसकारण राजनीतिक विषयमा लेख्न सजिलो छैन । किनकी राजनीतिक दलका कार्यकर्ताहरु आफ्ना पार्टी र नेतृत्वको आलोचना सहँदैनन् चाहे जति नै सत्य लेखे पनि । खैर, यसपटक त्यो आँट गरेको छु । परिणाम जेसुकै होस् ।  

तर अहिले मौसम जो राजनीतिको छ । चुनाबको सरगर्मी बढीरहेको छ । निर्वाचन आयोगमा १२ मंसीर २०८२ सम्म एक सय ३९ दल दर्ता भइसकेका छन् । थपिएको दल दर्ताको समय सिमा आज आइतबार सकिदैछ । आयोगका अनुसार हालसम्म २१ नयाँ दल दर्ता भएका छन् । अझै बढ्ने सम्भावना पनि छन् ।

 जे होस् निर्वाचन प्रयोजनका लागि दल दर्तामा देखिएको उत्साहले निर्वाचन हुदैन भनेर दाबी गर्नेहरुका तर्क पुर्णत नभएपनि ज्यादाजसो खारेज गरेको छ । तर विगतदेखि नै विभिन्न थरीका मागहरु राखेर आन्दोलन गरिहेको दुर्गा प्रसाइ पक्षले हाम्रा मागहरु पुरा नगरिए चुनाब हुदैन भनिरहेको छ । उता २३ र २४ भदौको जेनजी विद्रोहपछिको शक्ताबाट हठात् वर्हिगमन भोगेको एमाले नेतृत्वले चुनाबलाई मनैदेखि स्वीकारी सकेको छैन । 

बरु विघटीत प्रतिनिधिसभा पुर्नरस्थापना गर्नका लागि एमाले सडक दबाब र कानुनी लडाइँमा लागेको देखिन्छ । चुनावबाट भाग्दैनौ भनेर उसले कुटनीतिक जवाफ मात्र दिएको छ । खासगरी जेनजी आन्दोलन दबाउन र ७६ भन्दा बढीको हताहतीमा प्रमुख भुमिका खेलेको आरोप पुर्बप्रम केपि ओलीमाथी छ । फलस्वरुप पनि जेनजी युवाहरु एमाले नेतृत्व र उसका कतिपय नेताहरुको ‘हेट स्पीच’ माथी प्रहार गरिरहेको छ । त्यसले पनि चुनाबी वातावरणमा संशय प्रदान गरेको छ । दुर्गा प्रसाइँ र कहीँ न कहँी कुटनीतिक हिसावको एमाले नेतृत्वको भुमिकाको कारण चुनाब केही महिना पर सक्र्न पनि सक्छ । तर चुनाब भने अवश्य हुने देखिन्छ । र, हुन जरुरी छ । 

किनकी २३ र २४ भदौको जेनजी विद्रोहपछिको अहिलेको अवस्थामा देश सार्वभौम संसद विहिन अवस्थामा छ । पुर्ब प्रधानन्याधिश शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन प्रयोजनका लागि काम गरिरहेको छ । सरकारको प्रमुख अभिभारा निर्वाचन गराउनु नै हो । त्यही काममा वातावरणलाई नबिथोली सरकार लागिरहेको पनि देखिन्छ । पछिल्लो समय सरकारले नयाँ तथा पुराना सबै खाले दलहरुसँग, आन्दोलनरत पक्ष दुर्गा प्रसाईहरुसँग पनि संवाद बढाइरहेको छ । 

निर्वाचन आयोगमा दल दर्ता गराएका पार्टीहरु चुनावी सभा, सम्मेलन तथा अभियान सुरु गरिसकेका छन् । त्यसकारण चुनाब हुन्छ नै । तोकिएकै समयमा भएनछ भनेपनि केही महिना धकेलिएर पनि हुन्छ । चुनाबको विकल्प पनि छैन । फेरी अन्तिम समयमा वा घडीमा होस् पुर्याउने नेपालीहरुको, राजनीतिक दलहरुको बानी नै छ । अर्को निर्वाचन आयोग चुनाब गराउन अन्त्यन्त सक्षम छ । 

आयोगले यसबीच उमेर पुगेका नवयुवाहरुलाई मतदानमा सहभागी गराउन अद्यावधि गरिसकेको छ । फलस्वरुप अहिले ८ लाख बढी नयाँ मतदाता थपिएका छन् । विभिन्न मित्र राष्ट्रहरु चुनाबमा सहयोग गर्न तयार देखिन्छन् । सरकारले यसपटक चुनाब हुनु ३ महिना अघिदेखि नै सेना परिचालन गर्ने, निर्वाचन सुरक्षा कायम गर्ने गरी तयारी गरिसकेको छ । झण्डै २ लाख म्यादी प्रहरी भर्ति गर्ने तयारीमा सरकार छ । र, यसपटक प्रदेशसभा चुनाब नभइ प्रतिनिधिसभाको लागि मात्र चुनाब हुदैछ । 

त्यसकारण त्यति झन्झटीलो पनि हुनेछैन चुनाव । यत्ति हो, सरकारले दुर्गा प्रसाइ समुहलाई पनि सम्झाएर चुनाबमा भाग लिने गरी तयार गर्यो । एमाले नेताहरुलाई पनि आफ्ना जिल्ला जिल्लामा गएर मत माग्ने गरी वातावरण तयार गर्यो भने चुनाब समयमै हुन्छ । तर चुनाबको प्राविधिकसँगै राजनीतिक वातावरण तयार गर्न सरकारले अझै मिहिनत गर्न आवश्यक देखिन्छ ।

नयाँ आउलान् कि पुरानै ? 

अवको चुनाबमा कसले बाजी मार्ला ? कुन पार्टी अघाडी आउला ? भन्ने प्रश्न ब्याक गुन्जीन थालेका छन् । ती प्रश्नको उत्तर व्यक्तिको झुकाब, अध्ययन र विश्लेषणमा आधारित हुन्छन् । तर निष्पक्ष रुपमा भन्दाखेरी यसपटक जनताले पुराना दल र नेताहरुलाई भन्दा नयाँलाई रुचाउने सम्भावना छ । एक त नवयुवाहरु भोटरको रुपमा धेरै नै थपिएका छन् । अर्को पुराना दलहरुको लोभीपापी शैली, भष्ट्राचार, पदलोलुप आदी जस्ता पाराले पनि मतदातामा वितृष्णा छ । हुन त पुराना दलहरु कार्यकर्ता बेस पार्टी हुन् । 

काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी, राप्रपा आदी कार्यकर्ता बेस पार्टी हुन् । हरेक कार्यक्रम वा सभा, सम्मेलनमा उनीहरुका देशभर छरिका कार्यकर्ताहरु समय र स्थान अनुसार सहभागी भएकै हुन्छन् । त्यसकारण केही लाख कार्यकर्ता हुदैमा त्यही पार्टी अघाडी आउँछ, सबै उसैले ल्याउँछ भन्ने पनि होइन । चुनाबमा भोट हाल्ने मतदाता भनेका करोड माथी हुन्छन् । तीनले गर्ने डिसिजनले परिणाम आउने हुन् । तर यसपटकको सेन्टिमेन्ट भनेको युवाहरुको लागि देखिन्छ । 

अहिलेका ‘कलेज जेनेरेसन’का युवाहरुले जुन दललाई रुचाएर चुनाबमा ‘क्यापेनिङ’ गर्न थाल्छन् त्यही पार्टी प्रोफिटमा जाने सम्भावना छ । अहिलेसम्मको अवस्था हेर्दा जेनजी युवाहरुले चुनाबमा भाग लिने गरि आफनै पार्टी त खोलेका छैनन् । तर उनीहरुले सहयोग गर्ने खालको पार्टी भनेको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी वा अलिकति राष्ट्रिय स्वतन्त्र पार्टी अथवा पुर्बतिर प्रभाव छेडेका हर्क साम्पाङहरुलाई हुनसक्छ ।

अहिलेको अवस्था सबै पुराना पार्टीहरुमा विग्रह नै देखिन्छ । एमाले महाधिबेशनबाट पुरानै नेतृत्व फेरी आउने हो वा नयाँ भन्न सकिने अवस्था छैन । नयाँ आएछ भने एमाले पार्टीले आफनो केही शाख जोगाउला पनि । अन्यथा यो चुनाबमा सबैभन्दा क्षती उसैले गुमाउने सम्भावना छ । काँग्रेस नेतृत्वमा उस्तै रस्साकस्सी देखिन्छ । विशेष महाधिवेशन गर्ने र नगर्नेमै सो पार्टी रुमलिएको छ । 

पार्टी पुर्नरगठनको विषय पेचिलो बनिरहेको छ । यद्यपी काँगे्रसमा गगन थापा जस्ता युवाहरुमाझ लोकप्रिय पात्रलाई प्रधानमन्त्री तोकर चुनाबमा गएछ भने पुरानो जरा गाडेको पार्टीको हिसावले सो पार्टीले आफनो हैसियत बृद्धि गर्नसक्ला । अन्यथा उसको पनि जहाज डुब्नेवाला छ । किनकी रास्वपा, कुलमान लगायतले खोलेका पार्टीहरुमा जाने मत भनेको काँगेसीहरुबाट असन्तुष्ट मत नै हो । 

अर्को माओवादी केन्द्रले विभिन्न कम्युनिष्ट घटकहरु जोडजाड गरेर बनाएको नेपाली कम्युनिष्ट पार्टी अलिकति हौसिएको देखिन्छ । खासगरी विभिन्न साना ठुला १४ पार्टीलाई मिसाएर एउटा ठुलो पार्टी जस्तो त बनेको छ । तर त्यो कति युनिफाइड हुनसक्छ, त्यो कति अनुशासित हुनसक्छ र चुनाबमा उसले युवाहरुलाई टिकट दिएर अघि सार्छ कि पुरानै बुढाहरुलाई नै अघि ल्याउँछ भन्ने हेर्नुपर्ने हुन्छ । 

यद्यपी उसले पहिलेको भन्दा आफनो शक्ति बढाउने कुरामा दुईमत छैन । तर फेरी पनि भन्छु जनताको यसपटकको सेन्टिमेन्ट भनेको नयाँ र युवाहरुको लागि देखिन्छ । अर्को, राप्रपा यसपटक आफनो पक्षमा माहोल आउने अनुमान गरिरहेको छ । तर उसले सोचेजस्तो नहुनसक्छ । तराइका क्षेत्रीय पार्टीहरुको पोजिसनमा धेरै फेरबदल नआउन सक्छ । आए पनि एउटा पार्टीबाट उस्तै र उनीहरुकै अर्को पार्टीमा मतदाताहरुको झुकाब बढ्न सक्छ । 

समग्रमा, गरिव र मध्यम बर्ग धेरै भएको हामे देशमा आजपनि कम्युनिष्ट मतदाताहरु धेरै छन् । भर्खर जरा गाडेका नयाँ पार्टीहरुलाई मिश्रित निर्वाचन प्रणालीका कारण भनेजस्तो हुनेछैन । समानुपातीक निर्वाचन प्रणालीले काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, एमाले, राप्रपा, रास्वपा, जसपा जस्ता पार्टीहरुलाई फाइदा पुग्ने हो । 

त्यसमाथी पुराना दलहरुले बर्षौ सरकारमा बसेर धेरैको हितचित्त सन्तुष्ट गराएका छन् । उनीहरुलाई आफना कार्यकर्ता बनाएका छन् । त्यो भोट समानुपातिक निर्वाचन प्रणालीका कारण खेर जाने छैनन् । बरु विभिन्न नयाँ दलहरुले ल्याउने समानुपातिक मत ३ प्रतिशतको थे्रस होल्ड पार नगर्नन सक्छ । उनीहरु राष्ट्रिय पार्टी बन्न नसक्दा भोट खेर गएर पुरानै पार्टीहरुलाई फाइदा पुग्ने हुन्छ । 

त्यसकारण अवको चुनाबबाट पनि कुनै नयाँ दल सर्लकै बहुमतसिद्ध भइहाल्ने सम्भावना छैन । सबै नयाँ भन्ने दलहरु, रास्वपा, कुलमान मिलेछन् भने बेग्लै कुरा । अन्यथा त्यो पनि सम्भावना छैन । 

अन्त्यमा, अहिलेको अवस्था हेर्दा गगन थापालाई अघाडी राखेर चुनाबमा गयो भने काँग्रेस पहिलो पार्टी हुनसक्छ, त्यो गरेन भने प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी पहिलो हुन पनि सक्छ । अर्थात पहिलो वा दोश्रो पार्टी भनेको नेकपा वा काँग्रेस हुनसक्छ । तेस्रोमा रास्वपा, एमाले वा कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीमध्ये कुनै एउटा आउन सक्छ । यद्यपी बालेन सहितको सर्मथनमा कुलमान र रास्वपा दुबै पार्टी मिले भने चाँही पासा पल्टाउन पनि सक्छन् । 

पहिलाे पार्टी बन्न पनि सक्छ, किनकी जेन्जजी, पढ्यालेख्याहरुको अलिबढी ‘सेन्टिमेन्ट’ रहने कारण त्यो वातावरण बन्नसक्छ । तर जेनजीहरु, नयाँ दलहरु एक आपसमा मिल्न नसकेको अवस्था हेर्दा आउने चुनाबको परिणाम फेरी पनि उही पुरानै दलहरुमा दोहोरिन पनि सक्छ ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending