बारा। बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण बेभरेज नेपाल प्रा।लि।का व्यवस्थापक रामकिशोर सिंहको जघन्य हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा, वीरगञ्ज महानगरपालिका-२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र ३२ वर्षीय प्रमोद साह तुरहा रहेका जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।
प्रहरीले घटनास्थल तथा उनीहरूकै साथबाट रगतले दागिएको एक थान फलामको छुरा र एक थान इँट दसीका रुपमा बरामद गरेको छ ।
गत मङ्सिर ११ गते बेलुका उद्योगदेखि करिब २५ मिटर उत्तरतर्फ रहेको खाल्डोमा उद्योगका अन्दाजी ५० वर्षीय व्यवस्थापक रामकिशोर सिंह मृत अवस्थामा फेला पर्नुभएको थियो । उनको शरीरमा धारिलो हतियार प्रहारका एकाधिक गहिरा चोट भेटिएका थिए।
पानी फ्याक्ट्रीबाट हटाइएको रिसमा हत्या
मुख्य अभियुक्त राजनकुमार राम सोही पानी उद्योगमा चालकका रुपमा काम गर्दै आएको थिए।
गत वर्ष गढीमाई मेलाका बेला गाडीको क्लच प्लेट जलाएको विषयमा मृतक र राजनबीच झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
केही समय काम छाडेका राजन पुन: कार्तिक १ गतेदेखि मङ्सिर १० गतेसम्म फ्याक्ट्रीमा फर्केर काम गर्ने सुरु ग]को थिए ।
चालकका रुपमा कार्यरत रहँदा उद्योगले तोकेको खुद्रा मूल्य ११० प्रति बोतल भए पनि राजनले सोही पानी बजारमा ११५-१२० रुपैयाँसम्ममा बेच्ने गरेको र त्यसबारे व्यवस्थापक सिंहले जानकारी पाएपछि मङ्सिर १० गते रामलाई हिसाबकिताब चुक्ता गरि कामबाट हटाइएको थियो।
कामबाट हटाइएको रिसइबी बढेपछि राजन कुमार रामले आफ्ना साथी प्रमोद साह तुरहासँग वीरगञ्जमा बसेर जाँडरक्सी सेवन गरि मङ्सिर ११ गते साँझ उद्योगमै व्यवस्थापक एक्लै रहेको मौका छोपी धारिलो हतियार तथा इँट प्रयोग गरी विभत्स रुपमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक नेपालले जानकारी दिए।
बारा प्रहरीले पर्सा प्रहरीसँग समन्वय गर्दै फरार आरोपीहरू भारततर्फ भाग्न लागेको सूचना पाएपछि मुख्य अभियुक्त राजन कुमार रामलाई पर्साको छिपहरमाई गाउँपालिका९५ भिस्वा नाकाबाट नियन्त्रणमा लिएको र अर्का अभियुक्त प्रमोद साह तुरहा भने वीरगञ्ज महानगरपालिका ९२२ मा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ परेका राम र तुरहालाइ बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर उनीहरु विरुद्ध थप अनुसन्धान जारी रहेको बारा प्रहरीले जनाएको छ ।
प्रारम्भिक तथ्यहरुले यो घटना व्यक्तिगत रिसिइबी, अनुशासनहीनता तथा पूर्व मनमुटावसँग प्रत्यक्ष रुपमा जोडिएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...
पौष ५ गते, २०८२ - १३:२३
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...
पौष ५ गते, २०८२ - १३:०८
काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...
पौष ५ गते, २०८२ - १३:००
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...
पौष ५ गते, २०८२ - १२:३८
वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...
पौष ५ गते, २०८२ - १२:१७
बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...
पौष ५ गते, २०८२ - १२:०८
लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...




प्रतिकृया लेख्नुहोस्: