बारा। बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण बेभरेज नेपाल प्रा।लि।का व्यवस्थापक रामकिशोर सिंहको जघन्य हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा, वीरगञ्ज महानगरपालिका-२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र ३२ वर्षीय प्रमोद साह तुरहा रहेका जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।
प्रहरीले घटनास्थल तथा उनीहरूकै साथबाट रगतले दागिएको एक थान फलामको छुरा र एक थान इँट दसीका रुपमा बरामद गरेको छ ।
गत मङ्सिर ११ गते बेलुका उद्योगदेखि करिब २५ मिटर उत्तरतर्फ रहेको खाल्डोमा उद्योगका अन्दाजी ५० वर्षीय व्यवस्थापक रामकिशोर सिंह मृत अवस्थामा फेला पर्नुभएको थियो । उनको शरीरमा धारिलो हतियार प्रहारका एकाधिक गहिरा चोट भेटिएका थिए।
पानी फ्याक्ट्रीबाट हटाइएको रिसमा हत्या
मुख्य अभियुक्त राजनकुमार राम सोही पानी उद्योगमा चालकका रुपमा काम गर्दै आएको थिए।
गत वर्ष गढीमाई मेलाका बेला गाडीको क्लच प्लेट जलाएको विषयमा मृतक र राजनबीच झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
केही समय काम छाडेका राजन पुन: कार्तिक १ गतेदेखि मङ्सिर १० गतेसम्म फ्याक्ट्रीमा फर्केर काम गर्ने सुरु ग]को थिए ।
चालकका रुपमा कार्यरत रहँदा उद्योगले तोकेको खुद्रा मूल्य ११० प्रति बोतल भए पनि राजनले सोही पानी बजारमा ११५-१२० रुपैयाँसम्ममा बेच्ने गरेको र त्यसबारे व्यवस्थापक सिंहले जानकारी पाएपछि मङ्सिर १० गते रामलाई हिसाबकिताब चुक्ता गरि कामबाट हटाइएको थियो।
कामबाट हटाइएको रिसइबी बढेपछि राजन कुमार रामले आफ्ना साथी प्रमोद साह तुरहासँग वीरगञ्जमा बसेर जाँडरक्सी सेवन गरि मङ्सिर ११ गते साँझ उद्योगमै व्यवस्थापक एक्लै रहेको मौका छोपी धारिलो हतियार तथा इँट प्रयोग गरी विभत्स रुपमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक नेपालले जानकारी दिए।
बारा प्रहरीले पर्सा प्रहरीसँग समन्वय गर्दै फरार आरोपीहरू भारततर्फ भाग्न लागेको सूचना पाएपछि मुख्य अभियुक्त राजन कुमार रामलाई पर्साको छिपहरमाई गाउँपालिका९५ भिस्वा नाकाबाट नियन्त्रणमा लिएको र अर्का अभियुक्त प्रमोद साह तुरहा भने वीरगञ्ज महानगरपालिका ९२२ मा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ परेका राम र तुरहालाइ बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर उनीहरु विरुद्ध थप अनुसन्धान जारी रहेको बारा प्रहरीले जनाएको छ ।
प्रारम्भिक तथ्यहरुले यो घटना व्यक्तिगत रिसिइबी, अनुशासनहीनता तथा पूर्व मनमुटावसँग प्रत्यक्ष रुपमा जोडिएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: