कञ्चनपुर । वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किएका यहाँको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गरेका छन् ।
उनले गाउँमै ‘आफ्नो बजार, सस्तो बजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थालेका हुन् । कुवेतमा वर्षौँसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गरेका भट्टले त्यही अनुभवलाई आधार बनाउँदै गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरेका छन् ।
विदेशबाट स्वदेश फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्य अनुरूप उनले स्वदेशमै दिगो जीविकाको सम्भावना देखेपछि व्यवसायमा हात हालेको बताए ।
भट्टले करिब रु १० लाख लगानी गरी घरैमा आधुनिक शैलीको किराना पसल स्थापना गरेका छन् । स्थानीय ग्राहकलाई दैनिक उपभोग्य सामग्रीदेखि तरकारीसम्म एकै स्थानमा सहजै उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरेको उनले बताए ।
“कुवेतमा काम गर्दा पसलमा सामान कसरी सजाउने, कसरी मूल्य निर्धारण गर्ने, हिसाब–किताब गर्ने, ग्राहकसँग कसरी व्यवहार गर्ने भन्ने सबै सीप त्यहीँ सिकेँ,” भट्ट भन्छन्, “अब त्यही सीप प्रयोग गरी व्यवसाय सुरु गरेको छु ।”
भट्टको पसलले छोटो समयमा स्थानीय ग्राहकको ध्यान तान्न सफल भएको छ । ग्राहक अनुकूल मूल्य, गुणस्तरीय सामान र छरितो सेवा उनका प्रमुख आकर्षण बनेका छन् । “थोरै नाफा राखेर सामान बेच्ने गर्छु, ग्राहकको मागका आधारमा आवश्यक वस्तु मात्र राख्छु,” भट्ट भन्छन्, “गुणस्तर राम्रो भएकाले अहिलेसम्म कुनै गुनासो आएको छैन, उल्टै ग्राहकको विश्वास बढ्दै गएको छ ।”
पसलमा तरकारी, फलफुल, ‘ड्राइफ्रुट्स’, मसला, चामल, दाल, चिनी, गेडागुडी, तेल, भान्छाका सामग्री, मिठाइ तथा दैनिक घरायसी सामान उपलब्ध छन् । एउटै छानामुनि आवश्यक वस्तु पाइने भएकाले घरपरिवार, विद्यार्थी तथा कार्यालयका कर्मचारीसम्म भट्टको ‘सस्तो बजार’मा आकर्षित हुने गरेका छन् ।
हाल भट्टको पसलमा दैनिक रु १० हजारदेखि १५ हजार रुपैयाँसम्मको बिक्री हुन्छ । जसबाट रु दुई हजारदेखि तीन हजार बराबरको नाफा आर्जन हुने गरेको उनले बताए ।
“बढी मार्जिन राखेर सामान बिक्री गरे नाफा बढी हुन्थ्यो”, उनले भने, “थोरै मार्जिन राखेर ग्राहकलाई गाउँकै बजारबाट सबै सामान उपलब्ध गराउने सामाजिक सेवा भाव राखेर व्यवसायलाई अगाडि बढाउँदै आएको छु, ग्राहकको माया पाएको छु ।”
विदेशमा पनि उनको कमाइ महिनामै रु एक लाखको हाराहारीमा थियो । तर परिवारदेखि टाढा, घरभन्दा धेरै पर रहेकाले अब गाउँमै केही गर्नुपर्छ भन्ने सोचले पसल सुरु गरेको उनको भनाइ छ ।
लामो समय विदेशमा बस्दा परिवारजनसँग समय बिताउन नपाउँदा खिन्नता हुने गरेको भट्ट बताउँछन् । अहिले भने बिहानदेखि बेलुकासम्म आफ्नै पसलमा काम गर्ने, परिवारसँगै बस्ने र गाउँकै मानिससँग घुलमिल हुन पाएकोमा उनी खुसी छन् ।
पसलमा श्रीमती र परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन् । “स्वदेशमै बसेर इमानदारीका साथ व्यापार गर्दा राम्रो कमाइ हुन्छ भन्ने अहिले महसुस भइरहेको छ,” भट्ट भन्छन्, “अब बजारलाई अझ विस्तार गर्ने, ग्राहक सेवा सुधार्ने, ग्राहकको अनलाइन अर्डरअनुसार घरमै सामान पुर्याउने र आधुनिक बिलिङ प्रणालीसम्म ल्याउने योजनामा छु ।”
उनले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै अवसर खोज्ने युवाका लागि पनि व्यवसायमार्फत प्रेरणा दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: