दमक। झापाको दमकको सब्जि बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो ।
दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको छ । दमक बजार अनुगमन समितिकी संयोजक समेत रहनुभएकी दमक नगरपालिका उपप्रमुख रेगिना भट््टराइ प्रशाईका अनुसार दमक नगरपालिकाले स्थानीय बजारबाट आईतवार संकलन गरेको रायोको सागको परीक्षणले धेरै नै चिन्तित बनाएको छ।
केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बिर्तामोडमा भएको परिक्षण अनुसार दमकबाट सोमबार संकलन गरिएको रायोको सागमा कार्वामेट ७८.४९ प्रतिशत र अर्गानो–फस्फेट ९९.२६ प्रतिशत भेटिएको छ । मोरङको भाउन्ने क्षेत्रबाट यो साग ल्याइएको पाईएको प्रशाईले जानकारी दिए।
उक्त क्षेत्रबाट साग नल्याउन दमकको शब्जि बजारका ब्यापारीहरुलाई सचेत गराईएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताए। यसलाई हामीले गम्भिर रुपमा लिएका छौ । ९९ सय प्रतिशतभन्दा माथि हरियो रायोको सागमा विषादी देखिनुलाई सामान्य मान्य नसकिने उनको भनाइ छ ।
साग भन्ने बित्तिकै कमजोर तथा विरामीहरुले झन् खोजीखोजी खाने चलन छ यो नै बिष भएपछि झनै उनिहरुको स्वास्थ्यमा समस्या हुनसक्छ, उनले भने। केही दिन यहाँ आउने सागको नियमित परिक्षण गरिने पनि उनले प्रतिबद्धता जनाउनु भयो । हामीले भाउन्नेको रायोगको सागलाई तत्कालका लागि बिक्रीका लागि प्रतिबन्ध नै गर्छौ, नगर प्रमुख थापाले भने।
दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईका अनुसार कार्वामेट र अर्गानो–फस्फेट दुबै विषादी नेपालमा प्रयोगका लागि प्रतिबन्ध गरिएकाछन् । उनका अनुसार कतिपय विषादीहरु तरकारीमा लगाएर केही दिन राख्दा त्यसमा देखिने मात्रा कम हुँदै जाने अवस्था रहनसक्छ ।
उहाँका अनुसार ३५ प्रतिशतभन्दा कम बिषादी देखिएमा यो खानका लागि योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म बिषादी भेटिए केहि दिन राखेर पर्खन सकिन्छ । केहि दिनपछि परिक्षण गर्दा बिषादीको मात्रा कम हुनसक्छ । ४५ प्रतिशतभन्दा माथि बिषादी तथा रसायनको हकमा यो नष्ट गर्नुको विकल्प रहदैन ।
चिकित्सकहरुका अनुसार यस प्रकारका बिषादीहरुको प्रयोग बढ्दै जाँदा स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्न सक्छ । विषादी शरीरमा प्रवेश गरेपछि टाउको दुखाइ, बान्ता, चक्कर, पसिना अत्यधिक आउने, धड्कन अनियमित हुने जस्ता लक्षण देखिन सक्ने जनाइएको छ । दीर्घकालीन रूपमा कलेजो–मृगौला क्षति, प्रजनन समस्या, स्मरण शक्ति कमजोर हुने र क्यान्सरसम्मको जोखिम बढ्ने भएकाले यो रोक्न सबैले सुझाव दिएको दमक बजार अनुगमन समितिकी संयोजक प्रशाईले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...
पौष ५ गते, २०८२ - १३:२३
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...
पौष ५ गते, २०८२ - १३:०८
काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...




प्रतिकृया लेख्नुहोस्: