Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

रायो सागमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटियो

खबरडबली संवाददाता

दमक। झापाको दमकको सब्जि बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो ।

दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको छ । दमक बजार अनुगमन समितिकी संयोजक समेत रहनुभएकी दमक नगरपालिका उपप्रमुख रेगिना भट््टराइ प्रशाईका अनुसार दमक नगरपालिकाले स्थानीय बजारबाट आईतवार संकलन गरेको रायोको सागको परीक्षणले धेरै नै चिन्तित बनाएको छ।

केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बिर्तामोडमा भएको परिक्षण अनुसार दमकबाट सोमबार संकलन गरिएको रायोको सागमा कार्वामेट ७८.४९ प्रतिशत र अर्गानो–फस्फेट ९९.२६ प्रतिशत भेटिएको छ । मोरङको भाउन्ने क्षेत्रबाट यो साग ल्याइएको पाईएको प्रशाईले जानकारी दिए।

उक्त क्षेत्रबाट साग नल्याउन दमकको शब्जि बजारका ब्यापारीहरुलाई सचेत गराईएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताए। यसलाई हामीले गम्भिर रुपमा लिएका छौ । ९९ सय प्रतिशतभन्दा माथि हरियो रायोको सागमा विषादी देखिनुलाई सामान्य मान्य नसकिने उनको भनाइ छ । 

साग भन्ने बित्तिकै कमजोर तथा विरामीहरुले झन् खोजीखोजी खाने चलन छ यो नै बिष भएपछि झनै उनिहरुको स्वास्थ्यमा समस्या हुनसक्छ, उनले भने। केही दिन यहाँ आउने सागको नियमित परिक्षण गरिने पनि उनले प्रतिबद्धता जनाउनु भयो । हामीले भाउन्नेको रायोगको सागलाई तत्कालका लागि बिक्रीका लागि प्रतिबन्ध नै गर्छौ, नगर प्रमुख थापाले भने।

दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईका अनुसार कार्वामेट र अर्गानो–फस्फेट दुबै विषादी नेपालमा प्रयोगका लागि प्रतिबन्ध गरिएकाछन् । उनका अनुसार कतिपय विषादीहरु तरकारीमा लगाएर केही दिन राख्दा त्यसमा देखिने मात्रा कम हुँदै जाने अवस्था रहनसक्छ । 

उहाँका अनुसार ३५ प्रतिशतभन्दा कम बिषादी देखिएमा यो खानका लागि योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म बिषादी भेटिए केहि दिन राखेर पर्खन सकिन्छ । केहि दिनपछि परिक्षण गर्दा बिषादीको मात्रा कम हुनसक्छ । ४५ प्रतिशतभन्दा माथि बिषादी तथा रसायनको हकमा यो नष्ट गर्नुको विकल्प रहदैन ।

चिकित्सकहरुका अनुसार यस प्रकारका बिषादीहरुको प्रयोग बढ्दै जाँदा स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्न सक्छ । विषादी शरीरमा प्रवेश गरेपछि टाउको दुखाइ, बान्ता, चक्कर, पसिना अत्यधिक आउने, धड्कन अनियमित हुने जस्ता लक्षण देखिन सक्ने जनाइएको छ । दीर्घकालीन रूपमा कलेजो–मृगौला क्षति, प्रजनन समस्या, स्मरण शक्ति कमजोर हुने र क्यान्सरसम्मको जोखिम बढ्ने भएकाले यो रोक्न सबैले सुझाव दिएको दमक बजार अनुगमन समितिकी संयोजक प्रशाईले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending