Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

ओलीको दम्भले पाँच घण्टामै देश जलेर राग भयो: भीम रावल

खबरडबली संवाददाता

विराटनगर । नेता भीम रावलले पुराना कम्युनिस्ट पार्टी असफल भएकाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरिएको बताएका छन्। सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले पुरानो पार्टीप्रतिको जनविश्वास गुमेको बताएका हुन्।

रावलले भने, “जनताले परिवर्तनको अपेक्षासहित दुई तिहाई मत दिए। तर त्यो जनमतलाई दुई पटक संसद् विघटन गरेर कुल्चियो। जनताको सुरक्षा र समृद्धि दिन असफल भएकैले आज १५ वटा घटक मिलेर नयाँ नेपाली कम्युनिस्ट पार्टी बनेको हो।”

उनले राष्ट्रिय सुरक्षा प्रणालीमा सुधार, राष्ट्रिय स्वाधिनता तथा अखण्डता जोगाउन नयाँ एकीकृत पार्टी अपरिहार्य रहेको बताए। एमाले अध्यक्ष केपी ओलीको दम्भका कारण भदौ २३ र २४ का घटना भएको आरोप लगाउँदै रावलले भने, “ओलीको दम्भले पाँच घण्टामै देश जलेर राग भयो।”

रावलले नयाँ पार्टीको प्राथमिकता भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नु, शिक्षा क्षेत्रमा संरचनात्मक सुधार ल्याउनु र जनताप्रति जिम्मेवार सरकार निर्माण गर्नु रहेको स्पष्ट पारे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सब इन्जिनियर हत्या घटना: सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...

जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो

जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।  मुख्...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...

१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल खुल्यो

सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।  आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...

दाङमा आजपाका उम्मेदवारद्वारा नेकपा उम्मेदवारलाई समर्थन घोषणा

दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...

रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव सुनकोशी किनारामा फेला

रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी, ३२ वटाले पठाए स्पष्टीकरण

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...

नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE