उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहनाअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार चौदण्डीगढी–५ सुन्दरपुरमा निर्मित ब्याडमिन्टन कबड हलको उद्घाटन गर्दै उनले सीमित स्रोत–साधनका बाबजुद जनताका आवश्यकतामा केन्द्रित हुने नीति अपनाएको स्पष्ट पारेर भने, “थोरै बजेटले धेरै काम गर्नुपर्ने बाध्यता छ, तर हामी दृढतापूर्वक जनचाहना सम्बोधनमा लागेका छौँ।”
मुख्यमन्त्री कार्कीका अनुसार घट्दो राज्य आय, कमजोर अर्थतन्त्र र बढ्दो मागका कारण कैयौँ योजना समयमा अघि नबढे पनि अब बजेटलाई प्राथमिकताका आधारमा विनियोजन गरी अलपत्र परियोजनाहरू पूरा गर्दै जाने प्रदेश सरकारको नीति छ।
उनले विकास निर्माण, सुशासन, सेवा प्रवाह सुधार र समस्या समाधानलाई मुख्य एजेण्डा बनाइने उल्लेख गर्दै जनतासँग प्रत्यक्ष संवादलाई प्रभावकारी बनाउने, प्राप्त सुझावलाई नीति–कार्यक्रममा रूपान्तरण गर्ने तयारी भएको बताए।
कार्कीले प्रदेशको समग्र विकासका लागि सबै तह–क्षेत्रसँगको समन्वय आवश्यक रहेको उल्लेख गर्दै योजनाहरू समयमै कार्यान्वयनका लागि उपलब्ध स्रोतको अधिकतम उपयोग गरिने जानकारी दिए।
सुन्दरपुरमा बनेको ब्याडमिन्टन कबड हल २०७६/७७ मा प्रदेश सरकारले ५ लाख र नगरपालिकाले १० लाख विनियोजन गरी सुरु गरेको थियो। चौदण्डीगढी नगरपालिकाले गत वर्ष ३२ लाख ८५ हजार थप बजेट दिएर निर्माण सम्पन्न गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - २३:०८
चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...
आषाढ़ १ गते, २०८३ - २३:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...
आषाढ़ १ गते, २०८३ - २३:०१
काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...
आषाढ़ १ गते, २०८३ - २२:५९
काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...
आषाढ़ १ गते, २०८३ - २२:५४
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...
आषाढ़ १ गते, २०८३ - २२:५२
पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय
आषाढ़ १ गते, २०८३ - २२:३६
बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...
आषाढ़ १ गते, २०८३ - २२:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...
आषाढ़ १ गते, २०८३ - ०९:०९
काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...
आषाढ़ १ गते, २०८३ - ०९:०७
काठमाडौँ । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...



प्रतिकृया लेख्नुहोस्: