सल्यान। सल्यानमा हृदयाघातका बिरामी बढ्दै गएका छन् । धूमपान र मदिरा सेवन, उच्च रक्तचाप तथा मधुमेह, तनाव एवं अनियमित जीवनशैली जस्ता कारण पछिल्लो वर्ष यता हृदयाघातका घटनामा वृद्धि देखिएको हो । जिल्ला अस्पताल सल्यानमा आर्थिक वर्ष २०८०/८१ मा चार जना मात्र रहेको हृदयाघातका घटना गत आर्थिक वर्ष २०८१/८२ मा १८ पुगेको छ ।
साथै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामै छ जनामा हृदयाघातको समस्या देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए। आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म २८ जना हृदयाघातका बिरामी जिल्ला अस्पतालमा आएकोमा २० जना पुरुष र आठ जना महिला रहेका छन् । जिल्ला अस्पतालमा हृदयाघातको लक्षणसहित आउने बिरामीको सबैभन्दा पहिले रगत परीक्षण र मुटुको इसिजी हुने गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा. अर्जुनकुमार बुढाका अनुसार गत वर्षदेखि मुटुको भिडियो एक्सरे सेवा पनि सुरु भएको छ । उनले भने, “यसले मुटुको कुन भागमा समस्या आएको हो भन्ने छुट्याउन मद्दत गर्छ । हृदयाघात कुन पार्ट बिग्रेर भएको हो भन्ने कुरा परीक्षणले पत्ता लगाउँछ ।”
उनका अनुसार मुटुमा तीन वटा मुख्य नसा हुन्छन् र तीमध्ये कुन नसामा समस्या देखिएको हो भन्ने कुरा पूर्ण रूपमा थाहा पाउन भने नसामा तार हालेर हेर्नका लागि ‘एन्जियोग्राफी’ आवश्यक हुने भएकाले नेपालगन्ज वा अन्य केन्द्रमा मात्रै सुविधा रहेको छ तर डाक्टर बुढा भन्न्छन्, “यहाँबाट रिफर गर्दा यात्रा लामो हुने र कतिपयको आर्थिक अवस्था कमजोर हुने भएकाले हामीले नसा खुलाउने औषधी तत्काल दिन्छौँ । यसले ज्यान जाने जोखिम कम गर्छ ।” उच्च रक्तचाप, मधुमेह, जाँड, रक्सी, चुरोट सेवन, कोलेस्ट्रोल वृद्धि, व्यायामको कमी, तौल बढ्ने, परिवारमा यस्तै इतिहास भएको अवस्था र अत्यधिक मानसिक तनाव हृदयाघातका मुख्य कारण रहेको स्वास्थ्यकर्मी बताउँछन् । पछिल्लो समय कम उमेरका व्यक्तिमा पनि हृदयाघात देखिने गरेको तर सल्यानमा भने विशेष गरी ५० वर्षमाथि उमेर समूह हृदयाघातको उच्च जोखिममा रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख डा. बुढाले जिल्लामा हृदयाघातका लागि छुट्टै कार्यक्रम नआए पनि स्वास्थ्यकर्मीको साप्ताहिक कक्षामा यसबारे निरन्तर प्रशिक्षण दिइँदै आएको बताए । उनले भने, “हामीले विभिन्न सञ्चार माध्यममार्फत कसरी स्वस्थ रहने र हृदयाघातबाट कसरी बच्ने भन्ने सन्देश निरन्तर दिइरहेका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: