Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

यसकारण बढ्दै छन हृदयाघातका बिरामी

खबरडबली संवाददाता

सल्यान। सल्यानमा हृदयाघातका बिरामी बढ्दै गएका छन् । धूमपान र मदिरा सेवन, उच्च रक्तचाप तथा मधुमेह, तनाव एवं अनियमित जीवनशैली जस्ता कारण पछिल्लो वर्ष यता हृदयाघातका घटनामा वृद्धि देखिएको हो । जिल्ला अस्पताल सल्यानमा आर्थिक वर्ष २०८०/८१ मा चार जना मात्र रहेको हृदयाघातका घटना गत आर्थिक वर्ष २०८१/८२ मा १८ पुगेको छ ।

साथै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामै छ जनामा हृदयाघातको समस्या देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए। आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म २८ जना हृदयाघातका बिरामी जिल्ला अस्पतालमा आएकोमा २० जना पुरुष र आठ जना महिला रहेका छन् । जिल्ला अस्पतालमा हृदयाघातको लक्षणसहित आउने बिरामीको सबैभन्दा पहिले रगत परीक्षण र मुटुको इसिजी हुने गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा. अर्जुनकुमार बुढाका अनुसार गत वर्षदेखि मुटुको भिडियो एक्सरे सेवा पनि सुरु भएको छ । उनले भने, “यसले मुटुको कुन भागमा समस्या आएको हो भन्ने छुट्याउन मद्दत गर्छ । हृदयाघात कुन पार्ट बिग्रेर भएको हो भन्ने कुरा परीक्षणले पत्ता लगाउँछ ।”

उनका अनुसार मुटुमा तीन वटा मुख्य नसा हुन्छन् र तीमध्ये कुन नसामा समस्या देखिएको हो भन्ने कुरा पूर्ण रूपमा थाहा पाउन भने नसामा तार हालेर हेर्नका लागि ‘एन्जियोग्राफी’ आवश्यक हुने भएकाले नेपालगन्ज वा अन्य केन्द्रमा मात्रै सुविधा रहेको छ तर डाक्टर बुढा भन्न्छन्, “यहाँबाट रिफर गर्दा यात्रा लामो हुने र कतिपयको आर्थिक अवस्था कमजोर हुने भएकाले हामीले नसा खुलाउने औषधी तत्काल दिन्छौँ । यसले ज्यान जाने जोखिम कम गर्छ ।” उच्च रक्तचाप, मधुमेह, जाँड, रक्सी, चुरोट सेवन, कोलेस्ट्रोल वृद्धि, व्यायामको कमी, तौल बढ्ने, परिवारमा यस्तै इतिहास भएको अवस्था र अत्यधिक मानसिक तनाव हृदयाघातका मुख्य कारण रहेको स्वास्थ्यकर्मी बताउँछन् । पछिल्लो समय कम उमेरका व्यक्तिमा पनि हृदयाघात देखिने गरेको तर सल्यानमा भने विशेष गरी ५० वर्षमाथि उमेर समूह हृदयाघातको उच्च जोखिममा रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख डा. बुढाले जिल्लामा हृदयाघातका लागि छुट्टै कार्यक्रम नआए पनि स्वास्थ्यकर्मीको साप्ताहिक कक्षामा यसबारे निरन्तर प्रशिक्षण दिइँदै आएको बताए । उनले भने, “हामीले विभिन्न सञ्चार माध्यममार्फत कसरी स्वस्थ रहने र हृदयाघातबाट कसरी बच्ने भन्ने सन्देश निरन्तर दिइरहेका छौँ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...

नेपाललाई श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने

काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सरकारको नीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...

समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न एकीकृत सुरक्षण कोष स्थापना गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...

आज साँझ एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending