लहान। लहान नगरपालिका वडा नम्बर २ भगवानपुर घर भएको नेकपा एमाले महाधिवेशन प्रतिनिधि चुनिएका जितेन्द्रकुमार यादवको बा ०१००६ ख ५८१८ नम्बरको इभि चार्जिङ हायसमा गएराति अज्ञात व्यक्तिले आगो लगाएका छन् ।
लहान काठमाडौँ चलाउने हायस दुई वर्ष अघि ६० लाखमा खरिद गरेर चलाउने हायस सोमबार राति ११ बजे घर अगाडि राखिएको अवस्थामा आगो लगाइएको गाडी मालिक जितेन्द्र यादवले बताए।
मङ्सिर १३ गते नेकपा एमालेको एघारौं महाधिवेशनका लागि सिराहा १ का लागि भएको प्रतिनिधि चयनको निर्वाचनमा एक हजार १८८ मत प्राप्त गरेर विजय हुनुभएको थियो । लहानको इलाका प्रहरी कार्यालय लहानदेखि लहान १९ कटहा चोकसम्म पक्की सडक निर्माणका लागि सडक खनिएकाले बाटो अवरुद्ध हुँदा गोलबजार नगरपालिकाबाट वारुण यन्त्र आउन झण्डै दुई घण्टा लागेको थियो ।
आगो लागेपछि इलाका प्रहरी कार्यालय लहानबाट एक किलोमिटरको दूरीमा आगजनी हुँदा आधा घण्टा समय लाग्नु र लहान नगरपालिकामा ३० वर्ष अघि खरिद गरिएको वारुण यन्त्र बिग्रिएको अवस्थामा रहेकाले गोलबजारबाट वारुण यन्त्र आउँदा आगो नियन्त्रणमा नआएकाले लहान नगरपालिका र इलाका प्रहरी कार्यालय लहान गम्भीर नभएको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् ।
यता इलाका प्रहरी कार्यालयले आगो लगाउने अपराधी व्यक्तिको खोजीमा प्रहरी लागिसकेको प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए। लहानमा घरकै अगाडि राखिएको व्यक्तिको गाडीमा आगो लगाएको पहिलो घटना भएको उनले बताए।
२४ वटा वडा भएको लहान नगरपालिकाको वारुण यन्त्र मर्मत नहुनु र आवश्यकताको आधारमा अर्को वारुण यन्त्र खरिद नगर्दा आगलागीबाट भइरहेको धनजनको क्षति रोक्न चुनौती देखिएको स्थानीयहरुले गुनासो पोखेका छन् । लहानको वारुण यन्त्र सुचारु भएको भए घटनास्थलसम्म आइपुग्न दस मिनेटको बाटो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: