Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

माज र अनिलको अर्धशतकमा जनकपुरको पहिलो जित, चितवन ६ विकेटले पराजित

खबरडबली संवाददाता

काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

यसअघि खराव नतिजा सामना गरिरहेको जनकपुरले पाँचौँ खेलमा आएर पहिलो जित निकालेको हो । जितसँगै दुई अङ्क बनाएको जनकपुरले प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राखेको छ । यस्तै समान खेलबाट चितवनको चार अङ्क छ । 

जितका लागि एक सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले १७।३ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।  

जनकपुरका लागि ओपनर माज सदाकत र अनिल शाहले अर्धशतकीय इनिङ्स खेले। माजले तीस बलमा ६ चौका र चार छक्काको सहयोगमा ६३ रन बनाए।

यस्तै अनिल शाहले ३६ बलमा चार चौका तीन छक्काको सहयोगमा ६१ रन बनाए। आशिफ शेख र आदित्य महताले १८, १८ तथा जान निकोल लोफ्टी–इटनले ११ रन जोडे । अनिल प्लेयर अफ दि म्याच बने । 

बलिङमा चितवनका कमल ऐरी, अमर रौटेला र सोहिल तानविरले एक एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । 

चितवनका लागि ओपनरद्वय डेविड मलान र अर्जुन साउदले अर्धशतक बनाएपनि टोलीको हार टरेन । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे। कप्तान कुशल मल्लले ३० रन जोडे ।

बलिङमा जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए । आजै दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुने छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सब इन्जिनियर हत्या घटना: सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...

जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो

जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।  मुख्...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...

१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल खुल्यो

सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।  आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...

दाङमा आजपाका उम्मेदवारद्वारा नेकपा उम्मेदवारलाई समर्थन घोषणा

दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...

रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव सुनकोशी किनारामा फेला

रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी, ३२ वटाले पठाए स्पष्टीकरण

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...

नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE