Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक (पूर्णपाठसहित)

खबरडबली संवाददाता

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो । मन्त्री खरेलले मन्त्रिपरिषद्का २७ निर्णय एकसाथ सार्वजनिक गरेको हो ।

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुवा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले तस्बिरसहितको परिचयपत्र दिने निर्णय गरेको प्रवक्ता खरेलले सञ्चारकर्मीलाई जानकारी दिए। यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरिएको उनले बताए । 

बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ । यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरूप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए। 

यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा। ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा। कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रवि लामिछाने ले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

पोखरामा ग्याङ फाइट गर्ने ६ जना पक्राउ, लागुऔषध विवाद मुख्य कारण

कास्की। पोखरामा ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि प्रहरीले खोजी अभियान चलाएर उनी...

एमडी, एमएस र एमडिएसलाई उच्च शैक्षिक योग्यताको मान्यता दिन चिकित्सक सङ्घको माग

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेप...

विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा

काठमाडौँ । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि न...

विद्यालयबाट नगदसहित क्यामेरा र मोबाइल चोरी

पाल्पा। रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्ष बाट नगद सहित एक थान क्य...

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन...

दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा चार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending