Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नेकपाकाे एकता सन्देश सभाकाे संकेत: चुनाव, राष्ट्रियताकाे रक्षा र समाजवादी क्रान्तिकाे बाटाेमा राजनीतिक परिवर्तन

खबरडबली संवाददाता

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले देशभर सञ्चालन गरिरहेको ‘एकता सन्देश सभा अभियान’ केवल राजनीतिक गतिविधि मात्रै नभई वर्तमान शक्ति–समीकरण, राष्ट्रिय संकट, चुनावी अनिश्चितता र जनमनोविज्ञानको प्रत्यक्ष अभिव्यक्ति बनेको छ । 

देशका विभिन्न भूभागमा भइरहेका सभाहरूमा देखिएको जनसहभागिता सहज र सामान्य भीडभन्दा फरक, संगठित, उत्साहित र राजनीतिक रूपमा सजग देखिन्छ । यो उपस्थितिले एउटा कुरा स्पष्ट गर्छ-जनता राजनीतिक परिवर्तनको नयाँ बाटो खोजिरहेका छन् । र त्यो बाटाेलाई अहिले कम्युनिस्ट एकता अभियानले परिभाषित गर्न थालेको छ ।

नेपाल विगत केही वर्षयता अस्थिरताको चक्रमा अल्झिएको छ । सरकारहरूको असक्षम व्यवस्थापन, ठूला दलहरूको अविश्वसनीयता, राष्ट्रियता सम्बन्धी विवाद, विदेशी हावीपन, भ्रष्टाचार, आर्थिक गतिविधि सुस्त, बेरोजगारी र संघीय संरचनामा देखिएका अव्यवस्थाले जनतालाई थकित बनाएको छ । यस्ता समयहरूमा राजनीतिक विकल्पप्रति जनतामा स्वाभाविक रूपमै आकर्षण बढ्छ । र अहिले त्यो विकल्प कम्युनिस्ट एकता र नयाँ कम्युनिस्ट आन्दोलनको बहसमा परिलक्षित भइरहेको छ ।

यही सन्दर्भमा पोखरामा भएकाे गण्डकी प्रदेशकाे सन्देशसभामा  पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिएको भाषण राजनीतिक घटनाक्रमको केन्द्रबिन्दु देखिन्छ । प्रचण्डको अभिव्यक्तिमा तीन तहका राजनीतिक संकेतहरू देखिन्छन् ।पहिलो, मुलुक गम्भीर राष्ट्रिय संकटमा छ । दोस्रो, यस्तो संकटबाट देशलाई उम्काउन कम्युनिस्ट एकता अपरिहार्य छ ।र तेस्रो, आगामी फागुन २१ को चुनाव यो संकटको समाधानका लागि अवश्यम्भावी छ । उनको भाषणमा बारम्बार दोहोरिने “चुनाव त हामी जित्छौँ, तर राष्ट्र बचाउन राष्ट्रिय एकता अनिवार्य छ । याे केवल उत्साहजनक वक्तव्य मात्र होइन, नेपाली कम्युनिस्ट पार्टीले आगामी वर्षहरूका लागि बनाइरहेको दीर्घकालीन राजनीतिक नक्सानकनकाे संकेत जस्तै हो ।

प्रचण्डले कांग्रेस–एमालेको दुईतिहाइ अवधि उल्लेख गर्दै राष्ट्र संकटमा परेको तर्क अघि सारेका थिए । भ्रष्टाचारविरुद्ध लड्न नदिइएको, स्वाधिनता कमजोर पारिएको र देशलाई धरापमा पुर्‍याउन खोजिएको दाबी मार्फत उनले वर्तमान राजनीतिक शक्तिहरू प्रति जनआक्रोशलाई संगठित बनाउने प्रयास गरेका छन् । उनका भाषणहरूले चुनावलाई सत्ता प्राप्तिको साधनभन्दा बढी, ‘राष्ट्रिय उद्धारकाे चरण’ का रूपमा चित्रण गर्छ, जहाँ कम्युनिस्टहरू एकताबद्ध भएर अर्को राजनीतिक चरणतर्फ अघि बढ्छन् ।

यसैगरी विराटनगरमा सहसंयोजक माधवकुमार नेपालको भाषण पनि त्यही राजनीतिक रेखाको निरन्तरता हो । माधव नेपालको अभिव्यक्तिमा वैचारिक संगति, राजनीतिक विवेक र संगठनात्मक सावधानी देखिन्छ । उनले कम्युनिस्ट एकतालाई केवल गठबन्धनमूलक राजनीतिक समीकरण होइन, राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने ‘राजनीतिक निर्णय’ का रूपमा प्रस्तुत गरेका थिए । यसले कम्युनिस्ट एकतालाई वैचारिक गहिराइ प्रदान गर्छ । उनले विकृति–विसंगति अन्त्य, सुधारको प्रतिबद्धता, पार्टीलाई गतिशील बनाउने संकल्प र जनताको पीडा सम्बोधन गर्ने क्षमता विकासलाई कम्युनिस्ट आन्दोलनको नयाँ दिशासँग जोडेका छन् । उनकाे वक्तव्यले कम्युनिस्ट एकतालाई चुनावी तयारीभन्दा ठूलो—भविष्य निर्माणको मूलभूत कार्यका रूपमा व्याख्या गर्छ ।

नेता भीम रावलले बाेल्ने कार्यक्रमा पूरै अभियानलाई अर्को आयाम दिन्छ । सुरक्षा, शान्ति र संविधानिक अधिकारकाे सवाल । रावलले चुनाव स्वतन्त्र, निष्पक्ष र भयमुक्त हुनुपर्ने अनिवार्य सर्त उठाउँदै आएका छन् । जेनजी आन्दाेलनमा  खोसिएका हतियार–गोलाबारुद फिर्ता नआएसम्म राज्य संयन्त्र कमजोर देखिने, जनतामा असुरक्षा बढ्ने र चुनाव अपूर्ण रहने उनको चेतावनी चुनावी प्रक्रियाको गहिरो राजनीतिक पक्ष हो । उनले जनतालाई संविधानले दिएको हक–अधिकार पूर्ण रूपमा उपयोग गर्न सकिने वातावरण निर्माणमा राज्य संयन्त्र गम्भीर हुनुपर्ने सन्देश दिदै आएका छन् । 

यी तीनै नेताका भाषणहरूको ‘सिन्थेसिस’ गर्दा एउटा राजनीतिक संरचना स्पष्ट देखिन्छ । कम्युनिस्ट एकता अब केवल एक दलको आन्तरिक अभियान होइन, देशको राजनीतिक संकट समाधान, राष्ट्रियता संरक्षण र भविष्यको समाजवादी रूपान्तरणको लागि तयार गरिँदै गरेको रणनीतिक कार्यक्रमजस्तै बन्दै गएकाे छ । 

देशभर भइरहेको सन्देश सभाहरूमा कम्युनिस्ट नेताहरूले उठाएका मुद्दा—राष्ट्रियता, स्वाधिनता, भ्रष्टाचारविरुद्धको संघर्ष, जनअधिकार, संक्रमण अन्त्य, वैचारिक स्पष्टता, जनसंगठनहरूको निर्माण—यत्रतत्र छरिएका विषयजस्तो देखिए पनि, राजनीतिक रूपमा ती सबै एउटै केन्द्रीय बिन्दुतर्फ जोडिन्छन् । त्यो बिन्दु हो-“नयाँ कम्युनिस्ट आन्दोलनको तयारी ।”

चुनावलाई ‘अन्तरिम कडी’ का रूपमा प्रस्तुत गर्ने र चुनावपछि ‘समाजवादी क्रान्तिकाे आधार निर्माण’ गर्ने संकेत नेताहरूले बारम्बार दिएको देखिन्छ । यसको अर्थ, कम्युनिस्ट पार्टी राष्ट्रिय संकटका बीच अवसर खोज्दै, आफ्नो आधार पुनःसंगठित गर्दै, भविष्यमा वैचारिक तथा राजनीतिक रूपान्तरणकाे बलियो आधार बनाउँदैछ ।

समग्रमा यो अभियानले केही महत्वपूर्ण राजनीतिक तथ्यहरू उजागर गर्छ । जनता फेरि वैकल्पिक राजनीति खोजिरहेका छन्, कम्युनिस्ट एकता त्यसको केन्द्रमा आएको छ, चुनाव राजनीतिक मोड बदल्ने निर्णायक क्षण बन्नसक्छ, र आगामी चरणमा समाजवादी परिवर्तनको राजनीतिक बहस अझ तीव्र बन्ने सम्भावना छ ।

यस्तो परिवेशमा कम्युनिस्ट उपलब्धि केवल चुनाव जित्नु होइन । राष्ट्रको राजनीतिक दिशा पुनर्संरचना गर्ने, राज्य संयन्त्रमा सुधार ल्याउने, जनता–शक्ति पुनर्संगठित गर्ने र समाजवादी संरचनाको पूर्वाधार तयार गर्ने दीर्घ राजनीतिक परियोजना हो ।

त्यसैले, नेपाली कम्युनिस्ट पार्टीको यो एकता अभियान आजको राजनीति मात्र होइन, भविष्यको सत्ता-समीकरण, राष्ट्रियता, जनअधिकार र सामाजिक रूपान्तरणसमेतसँग जोडिएको ‘बहुआयामिक राजनीतिक यात्रा’ को आरम्भिक चरण बनेर उदाउँदै छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending