Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

मुसहर समुदायलाई मृत्यु भोज गर्न ऋण लिनुपर्ने बाध्यताको अन्त्य

खबरडबली संवाददाता

लहान। लहान नगरपालिकाका मुसहर समुदायको मृत्यु भएपछि लहान नगरपालिकाले दाउरा, नगद र खाद्यान्न सहयोग गर्न थालेपछि मृत्यु भोजको लागि साहु महाजनसँग ऋिण लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

मुसहर समुदायको मृत्यु भएको खबर पाउना साथ मृत्यु भोज गर्न साहु महाजनसँग ऋण लिनु नपरोस् भनेर त्यसका लागि एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच किलो नून, पाँच लिटर तेल राहत लहान नगरपालिकाले दिन थालेपछि ठुलो राहत महसुस भइरहेको लहान–१ की सोनिया सदायले सुनाए।

मुसहर समुदायको मृत्यु भएपछि लास जलाउन दउरादेखि स्वजातीय भोज गर्नको लागि साहु महाजनसँग ऋण लिएर वर्षभरी कृषि मजदुरको रुपमा खेतमा काम गरेर तिर्नुपर्ने अवस्थाको लहान नगरपालिकाले मुक्त गरेपछि ठुलो राहत पाएको लहान–१३ का बौका सदायले बताए। स्थानीय सरकार दलित विपन्नका लागि अभिभाकत्वको भूमिकामा लहान नगरपालिकाले गरिरहेका कार्यबाट देखिएको दलित अभियानकर्मी बिनोद विसुन्केले बताए।

मुसहर समुदायसहित अन्य दलित विपन्न परिवारमा मृत्यु भएपछि साहु महाजनसँग ऋण लिन नपरोस् भन्ने उद्देश्यले यस वर्ष लहान नगरपालिकाले २५ लाख बजेट नै विनियोजन गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताए। उनले भने, ‘‘यस वर्षदेखि ५० वर्ष माथिका दलित विपन्नहरुलाई स्वास्थ्य बिमा अभियान यहि पुस महिनादेखि सुरु गर्न लागेका छौँ ।’’

लहान नगरपालिकामा २० हजार दलितहरुको जनसङ्ख्या रहेको लहान नगरपालिकामा सबैभन्दा आर्थिक सामाजिक शिक्षा र राजनीतिक रुपमा पछि परेका मुसहर समुदायको लागि आवास, शिक्षाका लागि नि:शुल्क ट्युसन कक्षा, शैक्षिक सामग्रीको व्यवस्थापनलगायका थप कार्यक्रमहरु ल्याएको नगरप्रमुख चौधरीले प्रष्टयाए। नगरप्रमुख चौधरीले  थप्नुभयो, ‘‘मुसहर समुदायबाट सुरु गरिएको यो अभियान दुसाध समुदाय, चमार समुदाय, खत्वे मण्डल समुदाय र तत्मा समुदाय लगायत विपन्न गैरदलित समुदायमा समेत राहत दिइने सुरुवात यस वर्षदेखि थालिसकेका छौँ ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending