Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

मुसहर समुदायलाई मृत्यु भोज गर्न ऋण लिनुपर्ने बाध्यताको अन्त्य

खबरडबली संवाददाता

लहान। लहान नगरपालिकाका मुसहर समुदायको मृत्यु भएपछि लहान नगरपालिकाले दाउरा, नगद र खाद्यान्न सहयोग गर्न थालेपछि मृत्यु भोजको लागि साहु महाजनसँग ऋिण लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

मुसहर समुदायको मृत्यु भएको खबर पाउना साथ मृत्यु भोज गर्न साहु महाजनसँग ऋण लिनु नपरोस् भनेर त्यसका लागि एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच किलो नून, पाँच लिटर तेल राहत लहान नगरपालिकाले दिन थालेपछि ठुलो राहत महसुस भइरहेको लहान–१ की सोनिया सदायले सुनाए।

मुसहर समुदायको मृत्यु भएपछि लास जलाउन दउरादेखि स्वजातीय भोज गर्नको लागि साहु महाजनसँग ऋण लिएर वर्षभरी कृषि मजदुरको रुपमा खेतमा काम गरेर तिर्नुपर्ने अवस्थाको लहान नगरपालिकाले मुक्त गरेपछि ठुलो राहत पाएको लहान–१३ का बौका सदायले बताए। स्थानीय सरकार दलित विपन्नका लागि अभिभाकत्वको भूमिकामा लहान नगरपालिकाले गरिरहेका कार्यबाट देखिएको दलित अभियानकर्मी बिनोद विसुन्केले बताए।

मुसहर समुदायसहित अन्य दलित विपन्न परिवारमा मृत्यु भएपछि साहु महाजनसँग ऋण लिन नपरोस् भन्ने उद्देश्यले यस वर्ष लहान नगरपालिकाले २५ लाख बजेट नै विनियोजन गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताए। उनले भने, ‘‘यस वर्षदेखि ५० वर्ष माथिका दलित विपन्नहरुलाई स्वास्थ्य बिमा अभियान यहि पुस महिनादेखि सुरु गर्न लागेका छौँ ।’’

लहान नगरपालिकामा २० हजार दलितहरुको जनसङ्ख्या रहेको लहान नगरपालिकामा सबैभन्दा आर्थिक सामाजिक शिक्षा र राजनीतिक रुपमा पछि परेका मुसहर समुदायको लागि आवास, शिक्षाका लागि नि:शुल्क ट्युसन कक्षा, शैक्षिक सामग्रीको व्यवस्थापनलगायका थप कार्यक्रमहरु ल्याएको नगरप्रमुख चौधरीले प्रष्टयाए। नगरप्रमुख चौधरीले  थप्नुभयो, ‘‘मुसहर समुदायबाट सुरु गरिएको यो अभियान दुसाध समुदाय, चमार समुदाय, खत्वे मण्डल समुदाय र तत्मा समुदाय लगायत विपन्न गैरदलित समुदायमा समेत राहत दिइने सुरुवात यस वर्षदेखि थालिसकेका छौँ ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending