नेपालगन्ज। बाँकेमा चिसो बढ्दै जाँदा मौसमी फ्लु हुने बढ्दै गएका छन् । चिसो बढेसँगै जिल्लामा कडा किसिमको भाइरल फ्लुका बिरामीहरु बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।
मङ्सिर महिनाको सुरुवातबाटै चिसो बढ्दै गएका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी, निमोनिया र कोल्ड डायरियाका बिरामीहरुको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले चिसो बढेसँगै बाँकेका विभिन्न ठाउँमा भाइरल फ्लु देखिएकोले सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको बताए। भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा। संकेतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिंगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिने फ्लुका बिरामीहरु अहिले अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन् ।
उनले अहिलेको फ्लु निकै कडा खालको रहेको जनाउँदै केही दिनमा निको नहुनेलाई अस्पतालमा भर्ना गराउन सुझाव दिइएको बताए। चिसोबाट विशेषगरी बालबालिका र बृद्धबृद्धालाई जोगाउन सबैसँग अनुरोध गरिएको पनि डा। रिसालले बताए।
नेपालगन्जका वरिष्ठ फिजिसियन प्रकाश नागले चिसो अत्यधिक बढेपछि कडा किसिमको भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्या देखापरिरहेको बताए। उनले अहिले दैनिक ३० देखि ४० जनासम्म कडा भाइरल फ्लुका बिरामीहरु क्लिनिकमा पुग्ने गरेको जनाए।
सोही प्रकारले सञ्जीवनी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रोमन किदवाईले गत केही समययता आएर अस्पतालमा भाइरलफ्लुका बिरामी आउने क्रम बढेको बताए। उनले भाइरल फ्लु भएर अस्पताल आउनेहरुमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको बताए।
यसैगरी नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालले पनि चिसो बढ्दै जाँदा ज्वरो, रुघाखोकी र डायरियाका बिरामी उपचारका लागि धेरै आउन थालेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: