तनहुँ। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भासिएको सडक खण्डको चार महिनापछि पुन: मर्मत सुरु गरिएको छ । व्यास नगरपालिका–३ दुर्गामन्दिरदेखि मादीपुलसम्म करिब एक सय मिटर सडक साउन अन्त्यमा अत्यधिक सवारी चापले गर्दा भासिएपछि एकतर्फी आवागमनमा सीमित गरिएको थियो । अब भासिएको स्थानमा संरचनात्मक बलियो बनाउने काम हाल धमाधम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार नयाँ संरचनामा बनेका दुई लेनले अत्यधिक ट्राफिकको भार थेग्न नसक्दा भासिएको हो । “स्थायी उपचारका साथ सडक पुन: सुरक्षित बनाइँदै छ,” पाण्डेले भने। मर्मत सम्पन्न भएपछि सवारी सञ्चालन थप सहज र सुरक्षित हुने दाबी उनले गरे।
जामुने–आँबुखैरेनी ४१.५ किलोमिटरको पूर्वी खण्ड चार लेनमा विस्तार भइरहेको छ । विसं २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि सुरु गरिएको काम चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्कामा लिएको हो । हालसम्म पूर्वी खण्डको ८६ प्रतिशत काम सम्पन्न भइसकेको पाण्डेले बताउनुभयो पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको लागत ७ अर्ब ४० करोड ४६ लाख रुपियाँ रहेको छ । परियोजना एशियाली विकास बैंकको ऋण सहयोगमा अघि बढिरहेको छ ।
मादी नदीमाथि चारलेन पुलको काम ७२ प्रतिशतमा
यससँगै, तनहुँस्थित मादी नदीमाथि निर्माणाधीन करिब ३१५ मिटर लम्बाइको नेपालकै पहिलो चारलेन क्षमताको आर्क डिजाइन पुलको काम तीव्र गतिमा अघि बढेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने यो संरचनालाई मुग्लिन–पोखरा सडक योजनाको महत्त्वपूर्ण भागका रूपमा लिइएको छ ।
सूचना अधिकारी पाण्डेका अनुसार पुलको संरचनागत काम लगभग सकिएको र डेक स्ल्याब, रेलिङ तथा फिनिसिङ कार्य तीव्र गतिमा भइरहेको छ । सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरिएको यो पुल देशकै सबभन्दा लामो आर्क डिजाइन पुल हो ।
निर्माण कम्पनी जेड–आइष्ट–अन्नक जेभीका साइड इन्चार्ज इञ्जिनियर धर्मप्रताप लामगादेले दैनिक करिब १०० जना मजदूर परिचालन गरिएको बताउँदै काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। पुलको आकर्षक बनावटले पर्यटक आकर्षण बढाउने र व्यास नगरसहित पृथ्वीराजमार्ग प्रयोगकर्ताका लागि सुरक्षित, वैकल्पिक र सुविधायुक्त आवागमन सुनिश्चित गर्ने लक्ष्य परियोजनाले लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...
मंसिर २४ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...




प्रतिकृया लेख्नुहोस्: