Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको छ : प्रधनमन्त्री कार्की (सम्बोधनको पुर्णपाठसहित)

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको बताएको छिन् । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै यस्तो बताएको हो । 

‘उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु।’  

प्रधानमन्त्रीको सम्बोधनको पूरा पाठ यस प्रकार छ(

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूबाट २२औं राष्ट्रिय ज्यापू दिवस(२०८२ का अवसरमा व्यक्त मन्तव्य

सभाका अध्यक्षज्यू,

माननीय मन्त्रीज्यूहरु, 

उपस्थित सम्पूर्ण महानुभावहरु,

२२औं राष्ट्रिय ज्यापु दिवस तथा य:मरि पुन्हिको अवसरमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्न चाहन्छु। 

यो दिवस नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काउने दिवस हो। यस दिवसले हामीलाई ज्यापु संस्कृति तथा योमरी पुन्हिको महत्त्वलाई सम्झाउँछ।

उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ। 

यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु।

सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले दुई दशकभित्र निकै उपलब्धिहरु हासिल गरेको सुन्न पाउँदा म हर्षित छु। सम्बन्धित टोल गुठीहरु, स्थानीय समुदाय तथा संस्थामा कार्यरत लगनशील व्यक्तिहरुको इमान्दार प्रयासबाट यो उपलब्धि भएको हो भन्ने मैले विश्वास गरेकी छु।

टोलटोलमा रहेका धार्मिक तथा सांस्कृतिक गुठीहरु काठमाडौँ उपत्यकाको सभ्यताका आधार हुन्। गुठी संस्कार यहाँको रैथाने समुदायको जीवन शैली हो भन्ने लाग्छ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र गुठी सस्ंथान मातहतमा रही ज्यापु समुदायले सञ्चालन गरेका नित्यपूजा, आरती, खटजात्रा, देवीनृत्य लगायत विभिन्न ५०० भन्दा बढी गुठीहरु रहेछन्। 

आज स्थानीय तहका सरकारको समेत आर्थिक सहयोगबाट रथ जात्राहरु र चाडपर्वहरु मनाउन सहयोग पुगिरहेको छ। परम्परागत चाडपर्व तथा संस्कृति प्रवर्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहको मलाई लागेको छ। 

संस्कृतिलाई पर्यटनसित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिरहेको सन्दर्भमा हाम्रा मौलिक निधिहरुको जगेर्ना गर्न विशेष ध्यान दिनु पनि आवश्यक छ। 

नागरिकहरुबीच एकआपसमा सद्भाव, पुर्खाहरुको सम्मान र युवाहरुलाई प्रोत्साहन गर्न पनि यस्ता सास्ंकृतिक अभियानहरुको आवश्यकता छ। यस दिशामा तपाईँहरुले खेलिरहनुभएको भूमिका उल्लेख्य छ। यसमा सरकारबाट निरन्तर सहयोग हुने विश्वास पनि दिलाउन चाहन्छु।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरुबाट हामीले एउटा पाठ सिक्नुपरेको छ। मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस-वास-कपासको सुनिश्चितताको माग गरेको छ। ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ-आफ्नो ठाउँबाट लाग्न आवश्यक छ। 

यसका अतिरिक्त सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो। तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ। यस अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा गर्दछौँ। 

अन्त्यमा, पुन: २२औं ज्यापु दिवस तथा य:मरि पुन्हिको अवसरमा देश(विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्न चाहन्छु। 

साथै परम्परागत गुठीका गुरुहरु र आयोजक संस्थाका पदाधिकारीहरु लगायत सबैलाई धन्यवाद। 

२०८२ मंसिर १८ गते बिहीबार 

नेपाल सम्वत् ११४६ थिंला पुन्हि योमरी पुन्हि

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending