काठमाडौं । साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनसहित काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डुले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्यो।
लिगका सबै खेल सकेको काठमाण्डु १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ र प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि सुदूरपश्चिम दुई खेलअघि नै प्लेअफ सुनिश्चित गरिसकेको थियो।
हारसँगै पोखराको प्लेअफ सम्भावना धमिलो बनेको छ। ६ खेलबाट पोखरा एभेन्जर्सको ४ अंक मात्र छ।
१६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा समेटिएको थियो। पोखराका लागि रिशि धवनले ३१ बलमा ५४ रन ९३ चौका, २ छक्का० को अर्धशतक बनाए। यस्तै धनञ्जय लक्ष्मण ३०, कप्तान कुशल भुर्तेल २२, र जासन रोय १६ रनमा आउट भए।
काठमाण्डुको जितमा बलर साहब आलम चम्किए। उनले ह्याट्रिकसहित ६ विकेट लिए। चार ओभर बलिङ गर्दै उनले २५ रन खर्चेर पोखराको ब्याटिङ लाइन ध्वस्त पारे। यस्तै सन्नी पटेल र कप्तान करण केसीले २र२ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनायो। ओपनर बेन चार्ल्सवर्थले ६४ रन ९५५ बल, ५ चौका, २ छक्का० को उत्कृष्ट इनिङ खेले। भीम सार्कीले २३ बलमा ५५ रन ९५ चौका, ४ छक्का० जोड्दै आक्रामक प्रदर्शन गरे। मिलिन्ड कुमारले १३ रन जोडे।
बलिङतर्फ पोखराका धनञ्जय लक्ष्मणले ४ विकेट, कुशल भुर्तेलले २, तथा किरण ठगुन्ना र विपिन कार्कीले १र१ विकेट लिए।
आजै अपराह्न ४ बजे अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतियोगितामा भिड्दै छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: