काठमाडौं । साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनसहित काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डुले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्यो।
लिगका सबै खेल सकेको काठमाण्डु १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ र प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि सुदूरपश्चिम दुई खेलअघि नै प्लेअफ सुनिश्चित गरिसकेको थियो।
हारसँगै पोखराको प्लेअफ सम्भावना धमिलो बनेको छ। ६ खेलबाट पोखरा एभेन्जर्सको ४ अंक मात्र छ।
१६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा समेटिएको थियो। पोखराका लागि रिशि धवनले ३१ बलमा ५४ रन ९३ चौका, २ छक्का० को अर्धशतक बनाए। यस्तै धनञ्जय लक्ष्मण ३०, कप्तान कुशल भुर्तेल २२, र जासन रोय १६ रनमा आउट भए।
काठमाण्डुको जितमा बलर साहब आलम चम्किए। उनले ह्याट्रिकसहित ६ विकेट लिए। चार ओभर बलिङ गर्दै उनले २५ रन खर्चेर पोखराको ब्याटिङ लाइन ध्वस्त पारे। यस्तै सन्नी पटेल र कप्तान करण केसीले २र२ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनायो। ओपनर बेन चार्ल्सवर्थले ६४ रन ९५५ बल, ५ चौका, २ छक्का० को उत्कृष्ट इनिङ खेले। भीम सार्कीले २३ बलमा ५५ रन ९५ चौका, ४ छक्का० जोड्दै आक्रामक प्रदर्शन गरे। मिलिन्ड कुमारले १३ रन जोडे।
बलिङतर्फ पोखराका धनञ्जय लक्ष्मणले ४ विकेट, कुशल भुर्तेलले २, तथा किरण ठगुन्ना र विपिन कार्कीले १र१ विकेट लिए।
आजै अपराह्न ४ बजे अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतियोगितामा भिड्दै छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: