हुम्ला। उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको लागि बन्द गरिएको हो ।
चिसो माइनस डिग्री सेल्सियसमा झरेपछि कर्णाली करिडोरको च्याछरादेखि याल्वाङ गौडासम्मको सडकको सिमेन्टको काम बन्द गरिएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए। उक्त सडकमा सिमेन्टको काम गर्दा सेट हुन नसकेपछि तयार पारिएको मसला समेत खेर गएको कारण हाललाई काम बन्द गरिएको उनले बताए।
चिसोको कारण दुईवटा योजनामा सिमेन्टको काम बन्द गरिएको बताउँदै उहाँले यसलेगर्दा काम गर्न ढिलाइ हुने बताए। यता पूर्वाधार बिकास कार्यालयद्वारा सञ्चालन गरिएको सिमकोट खार्पु ९मानसरोवर कैलाश गेटवे० एकीकृत पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत छवटा योजनामा सिमेन्टको काम बन्द गरिएको कार्यालय प्रमुख नरेशराज जैसीले बताए ।
यद्यपि सिमेन्ट बाहेकका अन्य काम भने सुचारु हुने उनले बताए। यसरी बन्द गरिएका पूर्वाधार बिकासका योजनामा बालमन्दिर मावि भवन, कालाशिल्ता मन्दिर ९माडु० बिजय होटेलबाट मानसरोवर माविसम्मको सडक ढलान, बिधुत चोकबाट तल्लो गाउँ सडक ढलान, शिब मन्दिर निर्माण र तल्लो गाउँ सडक ढलानको सिमेन्टको काम बन्द गरिएको कार्यक्रमका लागि निर्माण कम्पनीका प्रतिनिधि बिजय लामाले बताए ।
चिसोले काम नहुने भएपछि दुई वर्षमा सम्पन्न गर्नुपर्ने अधिकांश योजनाको निर्माण कार्यमा ढिलाइ हुने उनले बताए । यता सामाजिक बिकास कार्यालयले ६६ वटा योजनाहरुको निर्माण कार्य अगाडि बढेको भए पनि सिमेन्टको काम आगामी माघ १५ गतेसम्म बन्द गरिएको कार्यालयका सवइन्जिनीयर धर्मराज बोहरोले बताए।
त्यसैगरी नाम्खा गाउँपालिकाले पनि आफ्ना केही योजनाहरुको सिमेन्टको काम गर्नुपर्ने योजनाको काम बन्द गर्नु परिरहेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी सिमकोट गाउँपालिकाले पनि आफ्ना सिमेन्टको काम गर्नुपर्ने योजनाको सिमेन्टको काम नहुने भएपछि काम बन्द गर्नु परेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: