हुम्ला। उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको लागि बन्द गरिएको हो ।
चिसो माइनस डिग्री सेल्सियसमा झरेपछि कर्णाली करिडोरको च्याछरादेखि याल्वाङ गौडासम्मको सडकको सिमेन्टको काम बन्द गरिएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए। उक्त सडकमा सिमेन्टको काम गर्दा सेट हुन नसकेपछि तयार पारिएको मसला समेत खेर गएको कारण हाललाई काम बन्द गरिएको उनले बताए।
चिसोको कारण दुईवटा योजनामा सिमेन्टको काम बन्द गरिएको बताउँदै उहाँले यसलेगर्दा काम गर्न ढिलाइ हुने बताए। यता पूर्वाधार बिकास कार्यालयद्वारा सञ्चालन गरिएको सिमकोट खार्पु ९मानसरोवर कैलाश गेटवे० एकीकृत पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत छवटा योजनामा सिमेन्टको काम बन्द गरिएको कार्यालय प्रमुख नरेशराज जैसीले बताए ।
यद्यपि सिमेन्ट बाहेकका अन्य काम भने सुचारु हुने उनले बताए। यसरी बन्द गरिएका पूर्वाधार बिकासका योजनामा बालमन्दिर मावि भवन, कालाशिल्ता मन्दिर ९माडु० बिजय होटेलबाट मानसरोवर माविसम्मको सडक ढलान, बिधुत चोकबाट तल्लो गाउँ सडक ढलान, शिब मन्दिर निर्माण र तल्लो गाउँ सडक ढलानको सिमेन्टको काम बन्द गरिएको कार्यक्रमका लागि निर्माण कम्पनीका प्रतिनिधि बिजय लामाले बताए ।
चिसोले काम नहुने भएपछि दुई वर्षमा सम्पन्न गर्नुपर्ने अधिकांश योजनाको निर्माण कार्यमा ढिलाइ हुने उनले बताए । यता सामाजिक बिकास कार्यालयले ६६ वटा योजनाहरुको निर्माण कार्य अगाडि बढेको भए पनि सिमेन्टको काम आगामी माघ १५ गतेसम्म बन्द गरिएको कार्यालयका सवइन्जिनीयर धर्मराज बोहरोले बताए।
त्यसैगरी नाम्खा गाउँपालिकाले पनि आफ्ना केही योजनाहरुको सिमेन्टको काम गर्नुपर्ने योजनाको काम बन्द गर्नु परिरहेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी सिमकोट गाउँपालिकाले पनि आफ्ना सिमेन्टको काम गर्नुपर्ने योजनाको सिमेन्टको काम नहुने भएपछि काम बन्द गर्नु परेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: