काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालसँग बयान लिइरहेको छ । आयोगले दुई दिनदेखि रिजालको बयान लिइरहेको र सम्भवतस् शुक्रबारसम्म प्रक्रिया सकिने जाँचबुझ आयोगसम्बद्ध स्रोतले जनाएको छ।
माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वर हुँदै संसद् भवनतर्फ अघि बढेपछि भीडलाई रोक्न रिजालले गोली चलाउन आदेश दिएको आरोप छ। सोही घटनामा भएको बल प्रयोग तथा त्यसबेला सिडिओको भूमिकाबारे आयोगले विस्तृत रूपमा बयान लिइरहेको बताइएको छ।
आन्दोलनपछि नयाँ सरकार गठन भएको केही दिनमै सरकारले रिजाललाई काठमाडौंका प्रमुख जिल्ला अधिकारीको पदबाट हटाएको थियो। हाल उनी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा छन्। जाँचबुझ आयोगले उनलाई पूर्वअनुमति बिना काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ भने उनको पासपोर्ट रोक्का गर्न समेत सिफारिस गरेको छ।
जेन–जी आन्दोलनको दमन घटनामा संलग्न अन्य सरोकारवालाहरूले भने जिल्ला शान्तिसुरक्षाको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीकै हुने भएकाले घटनाको पूर्ण जिम्मेवारी रिजालले लिनुपर्ने उल्लेख गर्दै लिखित जवाफ पेस गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - १७:२७
सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...
फाल्गुन ४ गते, २०८२ - १६:५८
जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो । मुख्...
फाल्गुन ४ गते, २०८२ - १६:४९
झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...
फाल्गुन ४ गते, २०८२ - १६:३७
सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...
फाल्गुन ४ गते, २०८२ - १६:२९
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...
फाल्गुन ४ गते, २०८२ - १६:०२
दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...
फाल्गुन ४ गते, २०८२ - १५:५१
रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...
फाल्गुन ४ गते, २०८२ - १५:३७
काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...
फाल्गुन ४ गते, २०८२ - १५:२७
काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...
फाल्गुन ४ गते, २०८२ - १५:२२
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...



प्रतिकृया लेख्नुहोस्: