काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश पाठक नाम प्रयोग गर्ने व्यक्तिसँग सम्वन्ध र चिनजान देखिएका कारण उनीहरूलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका एक उच्च स्रोतका अनुसार, “धम्की दिने भनिएका व्यक्तिसँग सम्पर्क र चिनजान रहेको पुष्टि भएपछि सोधपुछका लागि कार्यालय ल्याइएको हो। अनुसन्धान जारी छ,” स्रोतले बताए। नियन्त्रणमा लिइएकाहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।
केही दिनअघि मिति उल्लेख नभएको दुई पृष्ठ लामो पत्र सार्वजनिक भएको थियो। ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ नामक लेटरहेडमा जारी भनिएको उक्त पत्रमा विभिन्न उच्च पदस्थ र पूर्वपदस्थ अधिकृतलाई लक्षित गर्दै गम्भीर किसिमका धम्की उल्लेख गरिएका थिए।
उक्त पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द्र ठकुरी, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नाम उल्लेख गर्दै धम्की दिइएको थियो।
पत्र सार्वजनिक भएपछि प्रकाश पाठक नाम प्रयोग गर्ने व्यक्तिले भिडियोसहितको सन्देश जारी गर्दै अख्तियार प्रमुख राईलाई १० दिनभित्र राजीनामा दिन समेत चेतावनी दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: