काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन्।
मिति २०८१ चैत ३१ गते कँडेलको घर बाहिरबाट ताल्चा लगाइएको र घरबाट दुर्गन्ध फैलिएको स्थानीयले देखेपछि प्रहरीलाई सूचना दिएका थिए। प्रहरीद्वारा घर खोल्ने बित्तिकै सुत्ने कोठामा रहेको बक्स पलङको बिस्तारामुनि त्रिपालले बेरिएको अवस्थामा कँडेलको शव फेला परेको थियो।
घटनापछि केन्द्रीय अनुसन्धान ब्यूरोसहितको विशेष टोली खटिएर प्राविधिक तथा स्थलगत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानबाट सो घटनामा चितवन, रत्ननगर–६ का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको तथ्य फेला परेको छ।
दराई पहिले पनि हत्या अभियोगमा दोषी ठहरिएका व्यक्ति हुन्। उनले मिति २०६७ कात्तिक १३ गते गोरखा फिनाम–५ निवासी ५३ वर्षीया चिनी माया पाण्डेलाई छोरा–छोरीको विवाहसम्बन्धी विवादका क्रममा घाटी थिची निर्मम हत्या गरेका थिए।
सो घटनामा उनलाई गोरखा जिल्ला अदालतले २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। सजाय भुक्तानका क्रममा उनको मृतक सिता कँडेलसँग भिमफेदी कारागारमा परिचय भएको खुलेको छ।
मिति २०८२ बैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट दराईविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी निरन्तर खोजतलासमा थियो। सोही क्रममा पक्राउ टोलीले २०८२ मंसिर १८ गते रूपन्देही, सिद्धार्थनगर–१ बेलहिया सडक खण्डबाट दराईलाई पक्राउ गरी आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङलाई बुझाएको जानकारी प्रहरी प्रवक्ता शिव कुमार श्रेष्ठले दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: