काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमको ६ खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएर सहजै पूरा गर्यो।
यस जितसँगै ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै भिड्ने पक्का भएको छ।
७ खेलमा ५ जित र २ हारसँगै विराटनगर र काठमाडौं दुवैका १०–१० अंक भए पनि राम्रो नेट रनरेटका कारण विराटनगर दोस्रो स्थानमा पुगेको हो।
यसअघि नै शीर्ष स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिमले आजको खेलमा स्कट कुगेलेइन, क्रिस लिन जस्ता मुख्य खेलाडीहरूलाई आराम दिएको थियो।
विराटनगरको आक्रामक रन–चेज
१४८ रनको लक्ष्य पछ्याउँदै ओपनर फाफ डु प्लेसी र साम हिजलेटले धमाकेदार सुरुआत दिलाए। दुवैले पावरप्लेमा नै कीर्तिमानी ८७ रनको साझेदारी गरे।
डु प्लेसीले १९ बलमै ५ चौका र ४ छक्का सहित अर्धशतक पूरा गरे, जे ल्एी इतिहासमा संयुक्त रूपमा दोस्रो छिटो अर्धशतक हो। त्यसपछि उनी अर्को बलमै आउट भए। हिजलेटले पनि २७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाएपछि आउट भए।
वान–डाउनमा आएका मार्टिन गप्टिलले ९ बलमा ३ छक्का प्रहारसहित २२ रन जोडे। प्रतिश जिसी ३ बलमा २ छक्कासहित अविजित १३ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले १–१ विकेट लिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...
मंसिर २१ गते, २०८२ - १४:१९
मियामी। यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्ने छन् । अमेरिकी पक्षले दुवै पक्षको सहमति अनुसार वा...
मंसिर २१ गते, २०८२ - १३:२५
सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् । नेपाल प्रेस युनियन ...
मंसिर २१ गते, २०८२ - १३:१३
बागलुङ। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले ...
मंसिर २१ गते, २०८२ - १३:०४
काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...
मंसिर २१ गते, २०८२ - १२:५३
ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएको छन् । ललितपुर मह...
मंसिर २१ गते, २०८२ - १२:३५
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ । विद्यु...




प्रतिकृया लेख्नुहोस्: