काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमको ६ खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएर सहजै पूरा गर्यो।
यस जितसँगै ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै भिड्ने पक्का भएको छ।
७ खेलमा ५ जित र २ हारसँगै विराटनगर र काठमाडौं दुवैका १०–१० अंक भए पनि राम्रो नेट रनरेटका कारण विराटनगर दोस्रो स्थानमा पुगेको हो।
यसअघि नै शीर्ष स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिमले आजको खेलमा स्कट कुगेलेइन, क्रिस लिन जस्ता मुख्य खेलाडीहरूलाई आराम दिएको थियो।
विराटनगरको आक्रामक रन–चेज
१४८ रनको लक्ष्य पछ्याउँदै ओपनर फाफ डु प्लेसी र साम हिजलेटले धमाकेदार सुरुआत दिलाए। दुवैले पावरप्लेमा नै कीर्तिमानी ८७ रनको साझेदारी गरे।
डु प्लेसीले १९ बलमै ५ चौका र ४ छक्का सहित अर्धशतक पूरा गरे, जे ल्एी इतिहासमा संयुक्त रूपमा दोस्रो छिटो अर्धशतक हो। त्यसपछि उनी अर्को बलमै आउट भए। हिजलेटले पनि २७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाएपछि आउट भए।
वान–डाउनमा आएका मार्टिन गप्टिलले ९ बलमा ३ छक्का प्रहारसहित २२ रन जोडे। प्रतिश जिसी ३ बलमा २ छक्कासहित अविजित १३ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले १–१ विकेट लिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: