मकवानपुर । हेटौँडा बजार क्षेत्रमा सुरु गरिएको सडक सीमा विस्तारीकरण अभियानअन्तर्गत ५३१ घरटहरा तथा विभिन्न संरचना भत्काइएका छन्। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ गज क्षेत्रभित्र परेका संरचनामा डोजर चलाएको हो।
रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य चोकसम्म र बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका संरचना हटाइने क्रम जारी छ। डोजर चलाइएपछि हेटौँडा बजार क्षेत्रका विद्युत्, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएका छन्, जसका कारण बजार क्षेत्र अस्तव्यस्त बनेको छ।
कारवाहीअघि नै झिसमिसेमै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सडक डिभिजन हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार पहिलो दिन संकेतका रुपमा संरचना भत्काइएको र घरधनीलाई आफ्ना घरायसी सामान आफैँ झिक्न समय दिइने उल्लेख छ।
सडक डिभिजनले मंसिर ५ गते नै १५ दिने सूचना जारी गर्दै रातोमाटेदेखि सामरी पुल र बुद्धचोकदेखि राप्ती पुलसम्म सडक सीमाभित्रका संरचना हटाउन आग्रह गरेको थियो।
यसैबीच, सर्वोच्च अदालतले शुक्रबार मात्र सडक विस्तारसम्बन्धी सूचनाको कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले संरचना नहटाउन र यथास्थितिमा राख्न आदेश दिएको हो। तर आदेशको अवज्ञा गर्दै केही घरमा डोजर चलाइएको र आदेश देखाउने अधिकांशको संरचना भने नछोइएको आरोप छ, जसले विभेद भएको टिप्पणी आएको छ।
सडक सीमाभित्र पर्ने हेटौँडा उपमहानगरपालिका–२ स्थित मकवानपुर उद्योग वाणिज्य संघको भवन पनि भत्काइएको छ। तोकिएको समयभित्र संघले संरचना नहटाएपछि डिभिजनले आफैं डोजर चलाएको बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...
मंसिर २१ गते, २०८२ - १८:५१
बर्दिया । बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना नाबालक र अर्का गुलरिया नगरपालि...
मंसिर २१ गते, २०८२ - १८:४९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा भएक...
मंसिर २१ गते, २०८२ - १८:४५
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र...
मंसिर २१ गते, २०८२ - १८:४२
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका –७, साफु धनकुटामा विभिन्न कार्यक्रम आयोजना गर्दै चासुवा पर्व मनाइएको छ । महालक्ष्मी नगरपालिका ७ को आर्थिक सह...
मंसिर २१ गते, २०८२ - १८:३८
गुल्मी । गुल्मी रेसुङ्गा नगरपालिका –४ मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शब फेला परेको छ । सेतो हरियो रङको चेक सर्ट माथि निक लेखेको कालो ट्रया...
मंसिर २१ गते, २०८२ - १७:५४
दाङ । दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते भएका ...
मंसिर २१ गते, २०८२ - १७:५१
मकवानपुर । हेटौँडा बजार क्षेत्रमा सुरु गरिएको सडक सीमा विस्तारीकरण अभियानअन्तर्गत ५३१ घरटहरा तथा विभिन्न संरचना भत्काइएका छन्। सडक डिभिजन कार्यालय हेट...




प्रतिकृया लेख्नुहोस्: