उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
प्रहरीले लामो खोज अनुसन्धान पछि घटनामा संलग्न गौतमकै छिमेकी ५५ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको हो ।
आइतबार प्रहरीले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दैछ ।घटना के थियो ? अशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएको थियो । बेपत्ता भएको १८ दिनपछि बेलबारी चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा शव फेला परेको थियो ।
शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो ।
उनले लगाएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेको प्रहरीले जनाएको छ । डीएनए परीक्षण गर्दा अंशुकै शव भएको पुष्टि भयो ।
शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरियो ।
तर प्रहरी निष्कर्षमा पुग्न सकेको थिएन । यद्यपि लामो खोज अनुसन्धानपछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ ।१३ वर्षीया अंशुसँग मोबाइल थिएन ।
घरदेखि केही पर रहेको पिङसम्म पुगेको छिमेकीले देखेका थिए । असोज २१ गते बेलुका साढे ५ बजेसम्म उनलाई देख्नेहरू छन् ।
त्यसपछि कसैले देखेनन्। घर नआएपछि राति स्थानीयले खोजी गरे ।नभेटेपछि आफन्त प्रहरीसम्म पुगे । सामाजिक सञ्जाल र सोधपुछमार्फत स्थानीय र प्रहरीले खोजी गरे ।
लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना पूर्व प्रहरीसमेत रहेकोले उनले सबै संयन्त्र प्रयोग गरेर खोजी कार्य अघि बढाए।
तर बेपत्ता भएको १८ दिनपछि जङ्गलमा दाउरा खोज्नेहरूले सडेको शव भेटेका थिए ।शवको पोस्टमार्टमपछि प्रहरीले आफन्तलाई शव बुझाउन सकेको छैन ।
आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्, जसका कारण शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।
मोरङ प्रहरी प्रमुख कवित कटवाल घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोसहितको टोली खटिएपछि अभियुक्त पत्ता लाग्न सफल भएको हो ।
उनका अनुसार शव सडिसकेको र घटनाको प्रकृतिका कारण अनुसन्धानमा जटिलता थियो । स्थानीयको दाबी भने बलात्कारपछि हतियार प्रयोग गरेर हत्या भयो भन्ने थियो ।
शरीर र टाउको छुट्टिनुले शङ्का बढायो । अङ्गहरू छुट्टाछुट्टै हुनुको कारण जङ्गली जनवारको आक्रमण पनि हुनसक्ने प्रहरीले आशङ्का गरेको थियो। अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्दै थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: