Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

नवलपरासीको सरावलमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको  छ ।

प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार सरावल–५ धनगढवास्थित करिब दुई विघा क्षेत्रफल रहेको उक्त जग्गामा सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरिरहेको हो ।

सरावल गाउँपालिकाले दीर्घकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल निर्माण कार्यलाई तत्कालै अघि बढाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीका कामलाई अन्तिम चरणमा पुर्याएको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिए।

अस्पताल निर्माणका लागि छुट्याएको सार्वजनिक जग्गाको अतिक्रमण पूर्ण रुपमा हटाएको छ । अतिक्रमण हटाइएसँगै गाउँपालिका अस्पताल निर्माणको पूर्वतयारीमा जुटेको छ ।

अस्पताल निर्माण स्थलमा अटेरी गर्दै अवैद्य रुपमा बस्दै आएका  घरहरुलाई हटाइएको हो । अस्पताल निर्माणका लागि अवरोध भएपछि पटकपटक सूचना जारी गरी अतिक्रमण हटाउन आग्रह गरिएपनि अटेरी गर्दै आएकोले जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयहरुको सक्रियतामा अतिक्रमण गरी बनाइएका रामवृक्ष कहाँर र बैजनाथ कँहारको कच्ची घर डोजर लगाएर भत्काइएको छ   ।

अब वर्ष भित्रै अस्पताल निर्माणको काम शुरु गरिने र गाउँपालिका भित्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले उल्लेख गरे। 

सरावलमा आधारभूत स्तरको अस्पताल नहुँदा सदरमुकाम परासीसहित बर्दघाट तथा बुटवल, भैरहवा लगायतका क्षेत्रमा स्वास्थ्य उपचारका लागि जानुपर्ने बाध्यता रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending