काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले पार्टीको स्थापित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादविपरीत केपी शर्मा ओलीले पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् ।
सोमबार नेता ईश्वर पोखरेलको समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले ओलीको नेतृत्वमा एमाले मात्र नभई नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने चेतावनी दिए ।
थापाले ओलीको शैलीमाथि कडा प्रहार गर्दै भने, "केन्द्रीय कमिटी बैठकमा उहाँ उभिने, भाषण गर्ने, भाषण जति मन लाग्छ त्यति गर्ने। जे मन लाग्छ भन्ने। उहाँले भनेको कुरा मार्क्सवाद, उहाँले भनेको कुरा जबज, उहाँले भनेको कुरा पार्टी र उहाँले भनेको कुरा निर्णय। जो जनताको बहुदलीय जनवाद र मार्क्सवादसँग मेल खाँदैन। जे स्थापित गर्यौँ, उहाँले त्यो तोड्दै जानुभयो ।"
उनले १०औँ राष्ट्रिय महाधिवेशनपछि अहिलेसम्म एउटा मात्र स्थायी कमिटी बैठक बसेको उल्लेख गर्दै बैठकका नाममा माइन्युटमा तीन वटा बैठक उल्लेख गरिए पनि कुनै पनि बैठकमा छलफल नभएको बताए। थापाले जबाफदेहिताको प्रणाली नै समाप्त पारिएको आरोप लगाउँदै अन्य पार्टीबाट ल्याइएका व्यक्तिलाई जिम्मेवारी दिइएको पनि औंल्याए।
"जबाफदेहिताको प्रणालीलाई उहाँले समाप्त गरिदिनुभयो", थापाले भने, "अघिल्लो एउटा निर्णय गर्ने, पछिल्लो पटक अर्को निर्णय।" दृष्टान्त पेस गर्दै उनले प्रदेश अध्यक्षलाई विधानअनुसार केन्द्रीय कमिटीको पदेन सदस्य बनाउने व्यवस्था थियो भने पछि पोलिटब्युरो सरह बनाइएको उल्लेख गरे।
प्रदेश तहमा विवाद बढ्नुको कारण विधानभन्दा बाहिर गएर निर्णय गरिएको बताउँदै थापाले दुई कार्यकाल र ७० वर्षे उमेर हदजस्ता विषयमा मनपरी निर्णय गरिएको आरोप लगाए। उनले अब ओलीको नेतृत्वमा एमाले चल्न नसक्ने भन्दै उनको व्यक्तिगत चाहनामा पार्टी अघि बढे नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने दाबी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: