काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले पार्टीको स्थापित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादविपरीत केपी शर्मा ओलीले पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् ।
सोमबार नेता ईश्वर पोखरेलको समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले ओलीको नेतृत्वमा एमाले मात्र नभई नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने चेतावनी दिए ।
थापाले ओलीको शैलीमाथि कडा प्रहार गर्दै भने, "केन्द्रीय कमिटी बैठकमा उहाँ उभिने, भाषण गर्ने, भाषण जति मन लाग्छ त्यति गर्ने। जे मन लाग्छ भन्ने। उहाँले भनेको कुरा मार्क्सवाद, उहाँले भनेको कुरा जबज, उहाँले भनेको कुरा पार्टी र उहाँले भनेको कुरा निर्णय। जो जनताको बहुदलीय जनवाद र मार्क्सवादसँग मेल खाँदैन। जे स्थापित गर्यौँ, उहाँले त्यो तोड्दै जानुभयो ।"
उनले १०औँ राष्ट्रिय महाधिवेशनपछि अहिलेसम्म एउटा मात्र स्थायी कमिटी बैठक बसेको उल्लेख गर्दै बैठकका नाममा माइन्युटमा तीन वटा बैठक उल्लेख गरिए पनि कुनै पनि बैठकमा छलफल नभएको बताए। थापाले जबाफदेहिताको प्रणाली नै समाप्त पारिएको आरोप लगाउँदै अन्य पार्टीबाट ल्याइएका व्यक्तिलाई जिम्मेवारी दिइएको पनि औंल्याए।
"जबाफदेहिताको प्रणालीलाई उहाँले समाप्त गरिदिनुभयो", थापाले भने, "अघिल्लो एउटा निर्णय गर्ने, पछिल्लो पटक अर्को निर्णय।" दृष्टान्त पेस गर्दै उनले प्रदेश अध्यक्षलाई विधानअनुसार केन्द्रीय कमिटीको पदेन सदस्य बनाउने व्यवस्था थियो भने पछि पोलिटब्युरो सरह बनाइएको उल्लेख गरे।
प्रदेश तहमा विवाद बढ्नुको कारण विधानभन्दा बाहिर गएर निर्णय गरिएको बताउँदै थापाले दुई कार्यकाल र ७० वर्षे उमेर हदजस्ता विषयमा मनपरी निर्णय गरिएको आरोप लगाए। उनले अब ओलीको नेतृत्वमा एमाले चल्न नसक्ने भन्दै उनको व्यक्तिगत चाहनामा पार्टी अघि बढे नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने दाबी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: